भक्तपुर कमलविनायकको लान्चापलिको शिलान्यास
भक्तपुर । भक्तपुर नगरपालिका वडा नं १० लान्चापलिको शिलान्यास एक समारोहबीच वडाध्यक्ष लक्ष्मी प्रसाद ह्यौमिखाले सोमबार लान्चापलिमा शिलान्यास गर्नुभयो । लान्चापलिको अर्थ पहिला पहिला नगरकोटबाट आउने बटुवाहरु पर्खेर जाने र माथि पट्टि भएकोले वा बाटोभन्दा माथि भएकोले लान्चापलि भनिएको स्थानीय बुढापाकाहरुको भनाई रहेको छ ।
उक्त कार्यक्रममा अध्यक्ष लक्ष्मीप्रसाद ह्यौमिखाले पुर्खौली सम्पतिहरु सम्पदाको संरक्षण गर्ने उदेश्यले धेरै बर्ष भग्नाबशेषको रुपमा रहेको र हराएर गएको लान्चापली पुनःनिर्माण गर्न लागेको बताउनुभयो । उहाँले निषेधाज्ञाका कारण विकास निर्माणका ढिलाई भईरहेको साथै कोरोनाको महामारीले बजेतको समेत समस्या देखिएको बताउँदै नगरपालिकाले नगरबासी जनताहरुको स्वास्थ्यमा प्रथामिकता दिएको बताउनुभयो । उहाँले नगरपालिकाको अक्सिजन प्लान्टको लागि जिल्ला जिल्लाबाट सहयोगहरु आइरहेको बताउँदै अक्सिजनको अभावमा कोहींपनि जनताको मृत्यु हुनु नपरोस् भनि घरघरमा समेत वितरण गर्न सक्ने गरी उत्पादन गर्ने सोच रहेको बताउनुभयो । साथै टोल टोलमा कोरोना परिक्षणको एन्टिजेन परिक्षण कार्यक्रमहरु भईरहेको समेत जानकारी दिनुभयो ।
कार्यक्रममा उपभोक्ता समितिका अध्यक्ष कृष्णनारायण दुमरु र सचिव महाबीर अमात्यले बोल्नु भएको थियो ।