शैलजा दिदीलाई सम्झिदा ...
जेठ २९, २०७८, शनिबार | विहान ०३:०१ बजे | 25
सुनील सापकोटा
आज शैलजा आचार्यको १२ औं स्मृति दिवस हो। त्यसैले वहाँका बारेमा केही लेख्न चाहान्छु ।
नेपालको राजनैतिक वृत्तमा शैलजा आचार्यको नाउँ नसुनेका मनिसहरु विरलै होलान् । मेरो पुस्ता वा म भन्दा आठ दस बर्ष जेठा नेपाली काङ्ग्रेसका सिनियर साथीहरूले वहाँलाई दिदी नै भनेर सम्बोधन गर्थे । मैले वहाँलाई नेपाली काङ्ग्रेसको विभिन्न कार्यक्रमहरुमा देखेता पनि वहाँसङ मेरो दोहरो चिनजान थिएन । तर पछी संयोगले भनौंं चिनजान गर्ने र बोल्ने मौका भने मिल्यो । पहिलो पल्ट नेपाल बैंंक लिमिटेड सिटी अफिस बिराटनगरमा र दोस्रो पल्ट बिराटनगर स्थित वहाँकै निवासमा। पहिलो पटक भेटदा वहाँ त्यो बेला आफ्नो काम बिशेषले बैक आउँनु भएको थियो। त्यो बेला उक्त बैंकमा म संगै कार्यरत मेरो डिपार्टमेन्ट इन्चार्ज श्रीमती पूर्ण माया वस्नेत( जो नेपाली काङ्ग्रेस मोरङको जिल्ला सभापति बद्री नारायण वस्नेतको पत्नी ) ले यी भाइ पनि हाम्रैने०वि०संघको भाइ हुन भनी मेरो परिचय गराउनु भएको येतिका बर्ष बितेता पनि मलाइ हिजो अस्ति जस्तो लाग्छ । यो शायद २०४५ साल तिरको कुरा हो यो।
त्यो बेला मैले दिदी लाई आफ्नो परिचय दिने क्रममा आफ्नो आमाको नाम लिएर म वहाँको छोरा हुँँ भनी चिनाउन खोजेको थिए । किनभने आमाको भनाइ अनुसार शैलजा दिदी केटाकेटीमा वहाँ सङ खेल्ने साथि हो भनेर आमाले मलाइ शैलजा दिदिको कुरा चल्दा भन्ने गर्नु हुन्थ्यो । यसरी मैले आफ्नी आमाको नाम लिएर चिन्नुहुन्छ ? भन्दा वहाँले मैले बिर्से भन्नु भयो।
दोस्रो पटक चाहिँ गिरिजा बाबु प्रधानमन्त्री भएको बेला नेपाली काङ्ग्रेसका साथीहरू सङ दिदिको निवासमा भेट्न् जाँँदा मेरो वहाँ सङ पुनः पुरानो परिचयको रिन्यू भएको थियो। त्यो बेला वहाँ गिरिजा बाबूको सरकार र तिनका केही मन्त्रीहरु सङ ज्यादै असन्तुष्ट देखिनु हुन्थ्यो । गिरिजा बाबू लाई वहाँका आसेपासेहरु र केही भ्रष्ट मन्त्रीहरुले नै डुवाउने छन भनेर शैलजा दिदिले त्यो बेला हामी सङ कुराकानीको क्रममा भनेको शब्द मेरो स्मरणमा अझै ताजा नै छ । पछी गिरिजा बाबू सङ वहाँ को मतभेद भयो र वहाँले उप प्रधानमन्त्री र जलश्रोत मन्त्री पद त्याग्नु पर्यो। राजनिती एउटा साधुवादी पेशा हो भन्ने मूल्य र मान्यतामा आधारित भइ लोकतान्त्रिक राजनैतिक सिद्धान्तमा नैतिकता र इमानदारीको राजनिती गर्ने दिदी गिरिजा बाबूको मन्त्री मण्डलमा टिक्न सक्नु भएन ।
मेरो बिचारमा वहाँ नेपाली काङ्ग्रेसको एक साहसी , त्यागी र इमानदार उच्च श्रेणीको महिला नेत्री हुनुहुन्थ्यो । पंंचायती ब्यवस्थाको बिरुद्धमा किशोर अवस्था देखि नै सक्रिय भइ मुलुक र जनताको हकहित का लागि लोकतान्त्रिक समाजवाद ल्याउन संघर्षरत रहेका कारण वहाँले लामो समय जेल जीवन र भारतमा निर्वासित जीवन बिताउनु परेको थियो। आफ्नो मामा जन नायक वी. पी. कोइरालाको नजिकमा रहेर राजनितिक यात्रा शुरु गर्नु भएको वहाँले आफ्नो जिवनको अन्तिम घडी सम्ममा पनि वी . पी . को बिचारमा नै अडिग रहनु भएको पाइन्छ ।
धेरै के लेखुँँ । वहाँका बारेमा लेख्ने कुराहरु थुप्रै छन ।त्यसैले वि . संं. २०६६ साल जेठ २९ गते लगभग ६७ बर्षको उमेरमा मुलुकको अवस्था प्रती चिन्तित र दुखी भएर महायात्रामा लाग्नु हुने शैलजा दिदी प्रती म हार्दिक श्रद्धाञ्जली ब्यक्त गर्दछुु ।
अन्त्यमा , वहाँप्रति श्रद्धाञ्जली