डरलाग्दो


जेठ १९, २०७८, बुधबार | विहान ०९:११ बजे | 25


डरलाग्दो

सुनील सापकोटा
राजनीतिलाई मतलव न राख्नु साधारण कुरा हो
पार्टीहरुमा न लाग्नु साधारण कुरा हो
भोट दिन न जानु  पनि साधारण कुरा हो
तर ...

संविधान न मान्ने काम चाहिँ डरलाग्दो हुन्छ
जागीर न पाउनु साधारण कुरा हो
आमदानी कम हुनु साधारण कुरा हो
अभावमा रहनु पनि साधारण कुरा हो
तर...

खान र लगाउनै नपाउनु चाहिँ डरलाग्दो हुन्छ
नातावाद कृपावाद साधारण कुरा हो
चापलुसी र चम्चागिरी साधारण कुरा हो
खुशीले बक्सिस दिनु र लिनु  पनि साधारण कुरा हो
तर ...

देशलाई नै डुवाउने गरि भ्रष्टाचार गर्नु चाहिँ डरलाग्दो हुन्छ
समाजको रुढीबादी र पाखण्डि कुरा सहेर बस्नु
अन्याय ,अत्याचार र शोषणको बिद्रोह न गर्नु
झुठ लाई झुठ सत्य लाई सत्य भन्न न सक्नु
समाजमा  मुर्दा शान्ति सधैं छाइ रहनु
जनता आफ्नै निजि स्वार्थमा मात्र तल्लिन रहनु
रास्ट्र र रास्ट्रियताको निम्ति डरलाग्दो हुन्छ ...

Comments