कस्तो रिसाएको .....
जेठ १९, २०७८, बुधबार | विहान ०३:०९ बजे | 30
कुमार लघु
कस्तो रिसाएको पृथ्वी ?
तिमीलाई मानिसले
अत्याचार गरियो
पृथ्वीले तिमीलाई सिङ्गारिएकै छ
मानिसलाई मार्नै पर्ने
कारण नै के छ ?
मानिसको के बोज भयो !
मानिस तिमीले सृष्ति गरियौ
फेरि
तिमीले भष्मासुरले झै
खारानीमा मिलाउन खोज्यो
किन यो कहाँ मिल्छ ,
पृथ्वीमाता तिमी एक्लो होला ?
तिमीले नै यो नरसंहार कर्ता पठायौ ,
अहिले अलि मिलेन
मानव त तिम्रै सुसारे हुन
फेरि उसैलाई घाँटी निमोठिरहेकाछौ
एक मानवले भनेथ्यो
पृथ्वीमा मानिस बढि भयो रे !
त्यो पृथ्वीमा वसोवास नगरि
चन्द्रमा मा वसोवास गर्ने
भनी यानरिजर्भ गरि फर्के
यो एक जना धनाध्यको
प्रत्यक्ष यो व्यक्तिको सुनवाई हो ,
लाग्यो यो कोभिड–१९
कहि मानव निर्मित सिर्जित हो ?
पृथ्वीमालाई जतिसुकै गोप्य
भएपनि थाहा अलिपछि लाग्ला !
मानिसको ज्यान लिनलाई
सुतुक रिसानी माफ पाऊ
हजुर मानवको प्रलयभई
नष्ट हुने भयो ,
हुन्छ भने
त्यो जुन कालो वचनप्रहार
भएको फिर्ता गरि
मानवको जिऊ,ज्यानको
सुरक्षा पाऊ अति भयो ,
यो हाम्रो मात्र कुरा भयो
पृथ्वीमाताको जय होस्
मानव कल्याण होस् ।