महामारीमा देवाली पुजा


जेठ २, २०७८, आइतबार | विहान ०४:०६ बजे | 5


भक्तपुर , २ जेठ । अलिले नेवारी समुदायमा देवाली पुजा मनाउँदै छ । नेवार समुदायको देवाली पुजा कुल देवताको पुजा हो । आज विहानदेखि मन्दिरमा घरको मुल व्यक्ति मात्र गएर सामान्य विधि मात्र पुरा गरेर देवाली पुजा मानाएको हो ।
यो समय अति नै संवेदनशील परिस्थिति हो । कोरोना भाइरसको नयाँ स्वरुप देखा परेपछि झन् भयभको अवस्था आइएको हो । अहिले सचेत व्यक्तिले देवाली पुजा नमनाउने निर्णय समेत गरेको छ भने कति ठाउँमा विधि मात्र पुरा गरेर मनाएको छ । जे होस् कोरोनावीच सबैका डर कायम नै छ । तर संस्कृतिले मनाएर कोरोनाको शिकार भयो भने पछि हामीलाई अरु समाजको मान्छेले भन्ने ठाउँ पाउछ ।
संस्कृति भनेको मानिसको जीवनको लागि हो । मुत्युको लागि होइन भनी सबैमा भान हुन जरुरी छ । हाम्रो संस्कृतिले हामीलाई स्वस्थ बनाउनको लागि र मौसम अनुुसार चिजबिजहरु खाएर शरिरीलाई ताजकि दिने संस्कृति हो । तर यो संवेदनशील परिस्थितिमा संस्कृतिको मात्र कुरा गरेर मात्र नपुग्ने रहेछ भन्ने कुराको भान अधिलो बर्षबाट नै थाहा भएको कुरा हो ।
सरकारले सकेसम्म बाहिर ननिस्कन , भिडभाड नगर्न , मास्कको अनिर्वाय प्रयोग गर्न सचेत पारिरहेको छ । यस्तो समयमा हामीले ख्यालख्याली गरेर जीवन खेर नफालौ । जीवन अमुल्य छ । आज बाचे भोलि समय सहज भएपछि मनाउला , साथीभाइसंग बसेर धुम्न लाउला , तर यो महामारीवीच हामी सबै सचेत भएर घरमै बसेर शरिरलाई ताजकि दिने खानेकुरा  खाएर घरमै बसेर कोरोना संगको यो परिस्थितिमा सचेत बनौं असल मानिसको परिचय दिऔं ।

Comments