देस युध्दले हारेको !


बैशाख २६, २०७८, आइतबार | दिउँसो ०३:२६ बजे | 25


कुमार लघु

के देस युध्दले हारेको त होईन
झण्डै युध्दले हारेको जस्तो
शहर,बजारमा हजाईजहाजले
आक्रमाण गर्न लागेको जस्तो सुनसान

एकातिर वम बारूदले क्षतविक्षत
 गरेको भान प–र्याे
६ः३० वजे नै गाउँ,शहर बजार
डरलाग्डो स्थिती  
देसमा सरकारनभएको भान

जनताहरू अक्सिजन नपाएर मरिरहेकोछ
जनता,आफन्तहरूले कुनै साथ दिन सकेन
लाचारछन्
छुन र नजिक नै पुग्न नसकेर लाससम्म जलाउन
उठाउने मानिसहरूको अभावछन्

को कहिले मर्छन मनमा डर परिरहेकाछन्
अस्पतालमा विरामीलाई अक्सिजन दिनपर्ने
देसमा अक्सिजन मै कमिशन खाने भएर
उपचार नपाई विरामी मरेकाछन्

व्यवस्थापकहरूले अक्सिजनको
वन्दोवस्त गरे राम्रो,
जनता मर्ने छैन,
जनतालाई गहिरो  दुःखवाटवच्चाउन सकिन्छ ,
डाक्टर,नर्सहरूले विरामीको हेरचार गर्ने गर्नुहोला
डाक्टर,नर्सको परिवारलाई
जनताका प्रतिनिधिले हेरि दिनुपर्छ ,
सरकारले जनताका छोराछोरीलाई हेर्ने जिम्मा हो
अस्पतालले जनतालाई, सरकारले
 निःशुल्क उपचार गर्नुपर्छ

संकटको बेलामा निजी अस्पतालहरूलाई राष्टियकरण गरि
सेवा सरकारले दिनुपर्छ
सैनिक,प्रहरी र शसस्त्र प्रहरी
ठाउँ ठाउँमा प्रयोग गरौँ

अनि जनताले केही सेवा पाउलान !
थप संकट नआएको वेलैमा
सोच विचारपु–र्याई अगाडि वढौँ

देस विदेससित पनि मद्दतमाग्न सकिन्छ
देसमा सरकार छ भने
जनतालाई महसूस गराऔँ ।

Comments