कथा ः मानिस र स्यालको विवाह
बैशाख २५, २०७८, शनिबार | दिउँसो १२:३१ बजे | 40
तुल्सीनारायण लाखेमरु
एकादेशमा एउटा साधारण किसान थिए । उनको परिवार खेतबारीबाटै चल्थ्यो । उनी सुखदुख पर्दा आफूले भ्याएसम्म एक अर्कालाई साथ सहयोग गरी समय विताउँंथ्यो ।
देश अनुसार भेष भने जस्तै उनीमा छिमेकीलाई सहयोग गर्ने भाबना थियो । छिमेकीका वच्चाहरु खनलाउन नपाउर रोएपछि उनी खानलाउन दिएर बच्चाहरुलाई चुप लगाउँंथे । आआफनो सन्तानहरुलाई माया गरेको देखेर छिमेकीहरु उक्त किसानदेखि खुशी थिए ।
छिमेकका छोराछोरीहरु रुदा खाना दिएर रुन नदिने उनको आफनै छोरी भने सधै रोएर दुःख दिन्थे । एक दिन होइन, दुई दिन होइन, सधैभरि रोइरहेपछि छिमेकीले एकपल्ट ज्योतिष बाजेकहाँं छोरीको चिना देखाउनुस भनेपछि उनी ज्योतिषको घरमा लागेछ । ज्योतिषले आफनो छोरीको जन्मकुन्डलीमा भएको कुरा बतायो । यो वच्चालाई कहिलेकाही रुँंदाखेरी स्याललाई दिन्छु भन्ने कुरा भनेको रहेछ तपाईले भने । तपाईहरुले छोरीलाई स्याललाई दिन्छु भन्ने कुरा चिनामा आएको छ भनेर ज्योतिषीले भने ।
किसानले पनि कहिलेकाही रुदा त्यस्तो भनेको हो भनी स्वीकारे । त्यसकारण जाने बुझने भन्ने गर्दथ्यो, नहुने कुरा कहिले गर्दै नगर्नुस् । र बच्चालाई रोएपछि स्याललाई दिन्छु नभन्नु । गाली नगर्नुस् । नकुटनु । छोरी देवता समानको हो ।
वास्तवमा किसानको त्यो छारी साधारण वच्चा जस्तो होइन रहेछ । त्यसपछि छिमेकीले पनि यो वच्चालाई माया गरेको हुन्छ । छिमेकीहरुले पनि तपाईको छोरी धन्य छ, तपाईको छोरी साँंचो छोरी भनी बोलाउँंथ्यो । आफनो आफन्तहरुले पनि माया गर्छन् त्यो छोरीलाई । ख्याल ठटा गर्छन् र यसो हासिरहन्छन् । मुसुमुसु हास्छन् र जोकोही पनि हाँंस्ने वच्चाहरु लक्षणको हुन्छन् । हास्ने नानीलाई कसले माया गर्दैन र ?
विस्तारै सवै छिमेकीको छोरीहरुको विहे भयो । तर उक्त किसानकी छोरी कसैले पनि विहेको कुरा सुन्नमा आएन । माग्न आएन । एक दुईदिन पछि गाउँंमा हल्ला भयो । असार साउनको महिना थियो । दूध जस्तो घाम थियो । स्यालको विहे हुने सयम थियो । स्यालको विहेको लगन जुटयो । वास्तवमा त्यो स्याल नाम मात्रै स्याल थियो । स्याल भनेको लिखानारायण थियो । त्यही नाम मात्रैको स्याल जो लिखानारयाण थिए, उनैसँंग किसानको छोरीको विवाह भयो । आआफनो विधिअनुसार विवाह भयो । भद्रभलादीमाहरु गन्तव्यमा पुग्दा जीवनमा नभएकी अनुभब भयो उनीहरुलाई विवाहकोबारेमा । रुन्छे छोरीको बेहुली लिखानारायण स्यालको रुपमा आएको भनिन्छ । त्यसपछि रुन्चे छोरी लक्ष्मी भए । स्याल लिखानारायण भएको कथन छ । यही हो गुण्डुको लिखानारायणको कथन । त्यहाँंदेखि यद्यपिसम्म ज्वाई नारायणलाई नारायणको रुपमा लिइन्छ । ज्वाईलाई सासुससुराले समेतले ज्वाईनारायणको रुपमा पुज्य मानिन्छ ।
सूर्यविनायक नगरपालिका ८, जगाती