समय बिकराल छ ....


बैशाख २२, २०७८, बुधबार | विहान ०९:२३ बजे | 30


( गद्य कविता )
टोल,बाटो,शहर र बजार सुनसान छ 
बाटोमा हिड्नु पर्ने मानिस सबैतिर थुनिकाछन् 
कोही घरमा,कोही अस्पतालमा 
हाय ! समय बिकराल छ ,
सरकारले बाहिर नहिड्नु भनी आदेश छरेकोछ
जताततै कोरोना कै चर्चा छ ,
समय बिकराल छ मात्तिएको छ समय
पृथ्वी शुध्द पार्नेहेतुले आएको छ ,
मानिस भन्थे चन्द्रमामा वस्ती बसाउने रे !
धनाध्यहरू चन्द्रामाको भ्रमणगरी पनि फर्के ,
केही महिना पश्चात सिरसिरे बतासको हावा लाग्या थियो ,
बोली फुट्यो पृथ्वीमा मानिस बढि भयो,
धनाध्यहरू पृथ्वीमाराज गर्नेसोचमा व्यस्त,
गरिवहरू एकगाँस र बाँस जुटाउँन व्यस्त ,
कसले संसारमा आफ्नो दुनो सोझ्याउने ,
हेर्न के समय वनाउन सक्थ्यो र ? 
त्यो एकातिर पैसा हसुर्ने दाऊ थियो ,
सम्पूर्णसित भएको धन भएको औषधिमा 
खर्चाउने दाऊ ,
नभन्दै विश्र्वभर कोरोनाले तहल्का मचायो 
सम्पन्न र शक्तिशाली राष्ट्हरू ऐश आराममा 
आफ्नो देसको जनता जोगायो थच्चक बस्यो,
समय बिकराल छ, 
यहाँआआफै होसियार हुनसक्नु पर्ने भएछ !
मानिस समय संगसंगै
हिड्नसक्ने हुनुपर्ने भएछ,
आफ्ना मानिस सित नै टाढा हुनुपर्ने समय,
कस्तो समय ,
त्यसैले समय बिकराल छ 
गरिबलाई नि लाग्दैछ ,
धनिहरूलाई पनि लग्दैछ 
त्यो कोरोना रोग
धनिहरू पैसा खर्च गर्दै अलि जोगिएछ 
गरिबहरू जोगिने कसरी ? 
सतर्करहेर,आधापेटखाएर र तातोपानी 
खाएर नै हो ,
सरकारले जारि गरेको उर्दिलाई पालना गरेर 
हो पूर्खा भन्थे ,
समय बिकराल छ ,
होस् गर्दै हिड्नु पर्छ है ,
बाटोमा हिड्नलाई 
फुकेर हिड्ने दिन आएर गयो 
अब मुख बन्दगरेर हिड्ने दिन आयो,
बस समय बिकराल भनेको यो हो ? 
२०७८÷०१÷२२ गते 

Comments

ताजा खबर