समय बिकराल छ ....
बैशाख २२, २०७८, बुधबार | विहान ०९:२३ बजे | 30
( गद्य कविता )
टोल,बाटो,शहर र बजार सुनसान छ
बाटोमा हिड्नु पर्ने मानिस सबैतिर थुनिकाछन्
कोही घरमा,कोही अस्पतालमा
हाय ! समय बिकराल छ ,
सरकारले बाहिर नहिड्नु भनी आदेश छरेकोछ
जताततै कोरोना कै चर्चा छ ,
समय बिकराल छ मात्तिएको छ समय
पृथ्वी शुध्द पार्नेहेतुले आएको छ ,
मानिस भन्थे चन्द्रमामा वस्ती बसाउने रे !
धनाध्यहरू चन्द्रामाको भ्रमणगरी पनि फर्के ,
केही महिना पश्चात सिरसिरे बतासको हावा लाग्या थियो ,
बोली फुट्यो पृथ्वीमा मानिस बढि भयो,
धनाध्यहरू पृथ्वीमाराज गर्नेसोचमा व्यस्त,
गरिवहरू एकगाँस र बाँस जुटाउँन व्यस्त ,
कसले संसारमा आफ्नो दुनो सोझ्याउने ,
हेर्न के समय वनाउन सक्थ्यो र ?
त्यो एकातिर पैसा हसुर्ने दाऊ थियो ,
सम्पूर्णसित भएको धन भएको औषधिमा
खर्चाउने दाऊ ,
नभन्दै विश्र्वभर कोरोनाले तहल्का मचायो
सम्पन्न र शक्तिशाली राष्ट्हरू ऐश आराममा
आफ्नो देसको जनता जोगायो थच्चक बस्यो,
समय बिकराल छ,
यहाँआआफै होसियार हुनसक्नु पर्ने भएछ !
मानिस समय संगसंगै
हिड्नसक्ने हुनुपर्ने भएछ,
आफ्ना मानिस सित नै टाढा हुनुपर्ने समय,
कस्तो समय ,
त्यसैले समय बिकराल छ
गरिबलाई नि लाग्दैछ ,
धनिहरूलाई पनि लग्दैछ
त्यो कोरोना रोग
धनिहरू पैसा खर्च गर्दै अलि जोगिएछ
गरिबहरू जोगिने कसरी ?
सतर्करहेर,आधापेटखाएर र तातोपानी
खाएर नै हो ,
सरकारले जारि गरेको उर्दिलाई पालना गरेर
हो पूर्खा भन्थे ,
समय बिकराल छ ,
होस् गर्दै हिड्नु पर्छ है ,
बाटोमा हिड्नलाई
फुकेर हिड्ने दिन आएर गयो
अब मुख बन्दगरेर हिड्ने दिन आयो,
बस समय बिकराल भनेको यो हो ?
२०७८÷०१÷२२ गते