“नक्कलीको चार तिर ध्यान रैछ” गीत बजारमा


2021-05-01 12:48:35

सविना दाहाल र सुवास महतको स्वरमा “नक्कलीको चार तिर ध्यान रैछ” भन्ने गीत बजारमा आएको छ । उक्त गीतमा अहिलेको चर्चित मोडल आयुष्मा कार्कीको खत्रा अभिनय रहेको छ । आयुष्मा पछिल्लो समयकी चर्चित मोडल हुन । उनले अभिनय गरेको गीतहरु युट्युवमा धेरैले हेर्ने गर्छन ।
सविना दाहाल र सुवास महतको मिठो काँठे लोकदोहोरी भाकामा तयार भएको गीतको शब्द सानु केसी र अशोक सापकोटाको रहेको छ । सविना दाहाल ललितपुरको स्थायी बासिन्दा भएकाले उनले गाउने धेरै गीतहरु काँठे भाकाका छन् । उनको काँठे भाकाको गीतलाई पछिल्लो समय धेरैले मन पराएका पनि छन् ।
उक्त गीतको लय संगित रामहरी भण्डारीको रहेको छ भने एरेन्जर नारायण दंगालले गरेका हुन् । ज्योति फिल्मस्ले निर्माण गरेको गीतको भिडियोमा भुवन चौलागाई, आयुष्मा कार्की र लक्ष्मी दर्नालको अभिनय रहेको छ ।
गीतमा निरेन श्रेष्ठले निर्देशन रहेको छ भने अमोन रानाको कोरियोग्राफर रहेको छ । लोक चौतारी युट्युव च्यानलबाट गीतलाई सार्वजनिक गरिएको छ ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *