मुक्तकहरु
बैशाख १६, २०७८, बिहीबार | विहान ०९:५६ बजे | 25
कुमार लघु
सासंदमनुवा (१)
ए ! सासंदमनुवा के तिम्रो मूल्यछ
तिमीले यो वर्षमा के के योजना ल्यायौ
तिमीले खाने ल्यायौ कि,हामीलाई सुविधाको ल्यायौ?
सासंद मनुवा के यस्तो तालले होला ?
मनुवा माहुरी (२)
जवानमाहुरी सासंदमनुवा तिमीले युध्दगरि बनाएको
त्यो घार किनभएन मनुवालाई वताऔ
अब तिमी झोलीको धर्म पुत्र भयौ
के त्यो स्विकार्यछ , तेरो बौ को ?
तेरो मातृत्वएकलाई छाडिडियौ हो ?
तेरो बौ (३)
कसैले तिम्रो बौ को भनी सोधे को हो
कसलाई देखाउँछौ त्यो ध्वाँसेलाई हो
त्यो भारती भूमिमा वचेखुचेको हुर्केका दलाललाई
त्यो भारतीय एजेन्टलाई ,बस तिमी ज्ञानीछौँ ।
त्यो कालोे सेतो धोतीको ......(४)
हेर्दै बेलायती कुकूरे अनुहार धोतीवाललाई
हेर थच्चक ओडारमा बसेछ नकचरो।
थुतुनोले भारतीयभूमि चाटेरनै हुर्केको
नाम र निशान कसैलाई नपचेको जाबो ।
त्यो वाद ,उ वाद ...(५)
त्यो वाद ,उ वाद के वाद र के वाद फुसा
अतो पतो पुच्छर कसेर मौका खोज्दैछ
कहिले माओ वाद रे ! धोती फुस् धोती फुस्
अखिर तुत्यो घरको र घाटको उ वाद,त्यो वाद ।
हावा मा छलाङ्ग ....(६)
बिना आधार छलाङ्ग मार्दै युध्दमा होमेका
युध्दका ज्ञातालाई उछिनेर मौका खोज्दै वढे
मौका नपाएर अलमलिएका नपुङ्सकहरू
कम्युनिष्ट हो कि भारतको नेपाली सर्पहरू ।
लोभिपापि कम्युनिष्ट भनाउँदाहरू (७)
ललाकिल्ला हलाउनेहरू विस्वासघाती दलाल
दलालस्वार्थी तत्वहरू,क्षणिक क्रान्तिकारीहरू,
माग्ने क्रान्तिकारी,अस्थिर मानसिकता बोकेहरू
लोभिपापि कम्युनिष्ट भनाउँदाहरू रे ।
अन्नको काल पृथ्वीको भार ( ८)
जनयुध्दको महत्वहिन स्वादलिएकाहरू
त्यो मन्त्री उ मन्त्रीहरू पदलिएकाहरू
आज जनता अगाडि के अनुहार देखाउँला
नकचरो चरीभंङ्गेरीहरू,अन्नको काल पृथ्वीको भार।
के सिध्दान्त हिन मनुवा (९)
सर्वसाधारण मुनवा र पार्टीको मनुवामा फरक
पार्टीमा आवध्द र कार्यकर्तामा केही फरक !
केन्द्रीय र साधारण समर्थकमा जरूर फरक
केन्द्रीयसदस्य अरू पार्टीमा जानु मरेतुल्य हुनु ।
आजको सवाल सेवा ...(१०)
जसले विना मोलटोल सेवा गर्छन ती माहान
यो वेला जनताको सेवा गर्नेहरू अगि सर्नुपर्छ
आजको सवालस्वास्थ्य सेवाको कामहुनुपर्ने
जनताको जिऊ ज्यानको ,आजको सेवा सवाल ।