अहिले समय र परिस्थिती
बैशाख १५, २०७८, बुधबार | विहान ०६:१६ बजे | 20
(गद्य कविता)
अहिले पृथ्वीका मानिसहरू
अकालमा मृत्यु भएकाछन्
कोरोनाले आक्रमण भैरहेकाछन्
स्वाथ्यमा धेरै जोखिमबढेकोछ
घरमा र वचावटको उपायहरू अप्नाउनुपर्छ
अहिले समयसंग सतर्क हुनुपर्छ
हामी कोहीँ पनि अत्यरी हुनुहुन्न
कोरोनावाट हरेक मानव वचनु पर्छ
अस्पतालमा ठाउँको,अक्सिजन र
आईसियुको अभाव छ ,
अस्पतालमा डाक्टरहरू र
नर्सहरूलाई हम्यहम्य
भएकोछ ,
यहाँ आआफै जोगिनु पर्नेभएको छ
लास उठाउने ,जलाउनलाई नै ठाउँको अभाव छ
भारतमा भयाबह आईरहेको छ ,
त्याहाँका चिकित्सकहरू रातदिन लागेर खतेकाछन्
बाहिर अति आवश्यक काममा मात्र लागौ
फोकटमा हामी मध्यकोही बाहिरनजाऔँ
कोरोनालाई जित्न सक्छु भने आफैमा
आत्माबल हुनुपर्दाे रहेछ
मास्क खाली नगरौँ
आफ्नै निम्ति हो लगाऔँ ।
अटेरी नहोऔ, अनुशासनमा बसौँ
निषेधाज्ञा हाम्रै निम्ति हो सुरक्षाको लागि
भोलिदेखि लागू हुन्छ रे !
आफैआफै रोगलाग्नवाट बचौँ
समय र परिस्थितीलाई विचारौ ...........
२०७८÷१÷१५ गते
कुमार लघु ,भक्तपुर ।