बैकमाथि कारबाहीको माग


बैशाख १३, २०७८, सोमबार | विहान ०५:२८ बजे | 15


राष्टिय उपभोक्ता मञ्चले सुनको खुद मूल्य भन्दा वढी मूल्यमा विक्रीवितरण गर्ने गरेका बैंकहरुलाई कारबाही गर्न माग गरेको छ । उद्योग, बाणिज्य तथा आपूर्ति मन्त्रीलाई सम्वोन्धन गर्दै मञ्चले यस्तो माग गरेको हो ।
मागको पूर्ण पाठ
माननीय मन्त्रीज्यू,
उपरोक्त बिषयमा नेपालको आर्थिक तथा सामाजिक क्षेत्रमा बहुमूल्य धातुको रुपमा रहेको सुन तथा सुनका गरगहनाहरुको बिक्रि बितरण नेपाल सरकारले कोटा प्रणाली अपनाइ नेपाल राष्ट््र बैंक मार्फत हुंदै आएको व्यहोरा माननीयज्यूमा अवगत नै छ होला ।
सुनको गुणस्तरीयता, मूल्य तथा परिमाणका बारेमा बेला बेलामा सुन बजारमा भएका कैफियतका गुनासोहरु आई रहने गरेको र यसको ठोस नियमन र नियन्त्रणको अभावमा बजारमा उपभोक्ताहरु ठगिनु परेको गुनासो मन्चलाई प्राप्त हुने गरेको र मन्त्रालय तथा सम्बध्द बिभागहरुलाइ पनि हुने गरेको कुरा अवगत गराउन चाहन्छौं । यसरी दिन पर दिन अराजक ढंगले मूल्यबृध्दि हुनुमा अन्तराष्ट््िरय बजारको मूल्य प्रणाली त छ नै यस बाहेक पनि स्थानीय बजारमा बाणिज्य बैंकहरु मार्फत बिक्रि बितरण गर्ने सुनमा अनावश्यक रुपमा बैंकहरुले निर्धारित मूल्य र लागत भन्दा बढि मूल्य असूल गरी लिएको कारणबाट समेत बढि रहेको हामीले पाएकाछौं ।

Comments