सेल्सबेरी डिपार्टमेन्ट स्टोरले एउटै सामानको दुई वटा भाउ राखेर ग्राहक ठग्यो


बैशाख ५, २०७८, आइतबार | विहान १०:०० बजे | 55


भक्तपुर । डिपार्टमेन्ट स्टोरहरु खोल्ने फेशन आएसंगै हालै अरनिको राजमार्गको सुर्यविनायक रोडमा खुलेको सेल्सबेरी डिपार्टमेन्ट स्टोरले एउटै सामानको दुई वटा भाउ राखेर ग्राहक ठग्ने गरेको पाईएको छ ।
उक्त डिपार्टमेन्ट स्टोरले आफनो पसल ओपनिंग गरेसंंगै ५ प्रतिशत छुट दिने भनेर प्रचार गरेता पनि हरेक सामान बजार भाउ भन्दा निकै चर्को मूल्य राखेर बेच्ने गरेको पाइएको छ ।
५ प्रतिशत छुटको लोभ देखाएर ग्राहकलाई यसरी दिन दहाडै ठगी गरेपनि अनुगमन गर्ने निकाय नहुंदा लुट्नेलाई छुट दिएको जस्तो देखिएको छ ।
अरनिको राजमार्गको सुर्यविनायक रोडमा खुलेको यो सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा जथाभावी सामानको मूल्य राखेर बेचिरहेको गुनासो गरे पनि कुनै सुनुवाई नहुने उल्टै ग्राहकलाई जे गर्न सक्छ गर तर सामानको भाउ हामीले राखेकै अनुसार हुन्छ सम्बन्धित निकायसंग हामीलाई कुनै सरोकार छैन भन्ने गरेको छ ।
एकपटक सामान लिएर बाहिर गएपछि साट्न नसकिने भन्दै उल्टै ग्राहकलाई थर्काएर पठाउने गरेको गुनासो त्यहांबाट सामान किनेर फर्केका उपभोक्ताहरुले गरेका छन् ।
तसर्थ अब हामीले बजारमा भाउ बुझेरै मात्र त्यस्ता पसलहरुमा सामान किन्नु पर्ने देखिएको छ । होईन भने हामी ठगीने निश्चित छौं ।
(लेखक सेल्सवेरीका एक ग्राहक हुन् ।)

Comments