नयाँ वर्ष आर्काे साललाई गै.....
बैशाख ५, २०७८, आइतबार | विहान ०९:२९ बजे | 60
कुमार लघु
नयाँ वर्षमा पनि मानव
समूदाय त्यति खुसी भएको पाईन् मानिसको मनमा अनेक दुःखकष्टले
आक्रन्ती छन्
नयाँ वर्षमा हर्साेउलास हुनुपर्ने
यो वर्षमा देखिएन्
किनकि
आत्माले सुखशान्ति रिसराग टाडा
सम्मको तनावले मनमा र
दिमागमा सलवलाई रहेकोछ
नयाँ वर्ष पनि अनेक समस्यालाई
एकान्त कुनामा ठन्क्याई
सम्याएको मात्र देखियो
मैले जात्रामा घुमे
खासै मानिसमा अनुहारले
चम्किलोपन मैले पाईन
औपचारिकता निभाएको पाईयो ।
नाचगान,सन्देसहरू फैलिएन
भेटघाट,भोजभटेर,घुमफिर कमै भयो
जसरी नयाँ वर्षलाई स्वातग गर्नपर्ने थियो
त्यो भएन
खासै नयाँ वर्षलाई नै
हाम्रो नयाँ वर्ष होईन भन्ने
आवाज उठे
म त जिल्ला परे
जसले यो हाम्रो वर्ष होईन भने
त्यसले कुनै वर्षलाई कुरेको होला ?
विस्का जात्राले
सम्पूर्ण नेपालीले नयाँवर्षको
आगमनको स्पर्षको महसूस गरेको पाए ,
वाटोघाटो मै पनि आवागमनमा कमी भयो
कारण कोरोनाको रहयो
आजकल दिनानु दिन समयले
समाजलाई गिज्याईरहेको छ ,
देस पर्यावरणिय र राजनैतिक तवरले
वनपाखा शहर जलिरहेकाछन् ,
एकआपसमा मानवहरू टाढटाटाढा मै
जनजिवन खानलाउन नै
दुःखजिलोमा डुविरहेको पाईयो ,
मूल्यको स्थिरताको अभाव दर्साईरहेको छ
दिनानुदिन नै पेटेलको मूल्यभाऊ वढकै छ
जनताले कामवाट फूर्सत नपाएको
वेलामा मूल्य वढेकाछन्
जनता र सरकारको विचमा
मूल्यको ठूलो पर्खाल अग्लो भएकाछन्।
जनतालाई सरकारीलपक्षले दवाएकाछन्
जसरी सिलौटामा अदुवा पिसे झै
पेलेकाछन्
यो नहुनु पर्ने थियो
यसले गर्दा जनताको गालि र
सरापले एकदिन ढल्नेछ ,
अत्याचार जनता चाहन्दैन्
थाहा हुन्दाहुन्दै पनि सरकारले
कहिले महसूस गर्ने ?
नयाँ वर्ष आर्काे साललाई पाखा
लागि सकेको अवस्था छ ।