भैलखः भाचिने खतरा
बैशाख ५, २०७८, आइतबार | विहान ०४:१४ बजे | 5
भक्तपुरको प्रसिद्ध विस्का जात्रामा तानिने भैरवनाथ रथको भैलखःको ३ वटा गल सिः चिरा परेको जनाएको छ। भैलखःको मेरुदण्ड मानिने चार वटा गल सिः मध्ये तिनवटा चिरा परिसकेको र भाचिने अवस्थामा रहेको जनाइएको छ।
भक्तपुरको प्रसिद्ध विस्का जात्रा यहि रथ तानेर सुरु भएको थियो। आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको आज अन्तिम दिन हो।
त्यस्तै गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले गल सिः ३ वटा भाचिएको जानकारी पाएको बताए। जात्रा भरी अहिले सम्म ठूलो मानविय क्षति भएको छैन्, प्रमुख कमौचार्यले भने। आज अन्तिम दिन पनि क्षति नहास् भनी रथलाई समान्य तानेर जात्रा सम्पन्न गर्न स्थानीयलाई अनुरोध गरे। उनले ठूलो क्षति नभएपनि समान्य घाइते भएका धेरै छन्, उनले भने। जात्रा मनाएर कसैको परिवारले दुःख खेप्न नपरोस् भन्ने आशय रहेको उनी सुनाउँछन्।
आज पनि पहिलो दिन जस्तै रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ। एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर हजारौ युवाले रथ तान्ने गर्दछन्।
प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।