भैलखः भाचिने खतरा


2021-04-18 04:14:08

भक्तपुरको प्रसिद्ध विस्का जात्रामा तानिने भैरवनाथ रथको भैलखःको ३ वटा गल सिः चिरा परेको जनाएको छ। भैलखःको मेरुदण्ड मानिने चार वटा गल सिः मध्ये तिनवटा चिरा परिसकेको र भाचिने अवस्थामा रहेको जनाइएको छ।
भक्तपुरको प्रसिद्ध विस्का जात्रा यहि रथ तानेर सुरु भएको थियो। आठ रात नौ दिन लामो भक्तपुरको विस्का जात्राको आज अन्तिम दिन हो।

आइतबार (आज) भक्तपुरको टौमढी गहिटीमा रहेको भैरवनाथको रथ साझँ तानेर जात्रा सम्पन्न गर्ने परम्परा छ। जात्राको अन्तिम दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाः विज्याइज्यू अर्थात देवता (रथ) माथी सवारी हुने भनिन्छ।
[[img2]]
भैलख बनाउने नाइके पे्रमलाल शिल्पकारले भैरवनाथको रथ पहिलो दिन जस्तो जवजस्ती नतान्न आग्रह गरे। उनले भैलखको चारओटा गल सिः मध्ये ३ वटा चिरा परिसकेको जानकारी गराए। त्यसैले एक तर्फी मात्र तानेर जात्रा सम्पन्न गर्न उनले आग्रह गरे। पहिलो दिनमा जस्तो जवजस्ती तानातना गरेर तान्यो भने मानवीय क्षति हुन सक्छ, उनले भने। भैलखको छाना नै खस्न सक्ने अवस्था रहेको उनी बताउँछन्। साथै उनले पहिला कुनै एक वटामा क्षति हुने गथ्यो, उनले भने। तर यसपाली भने ३ वटा गल सिः भाचिएको उनी बताउँछन्। उनले भैलखको बाहिर छाना बनाउन विग्रएको मिलाएता पनि भित्री भागमा रहेको गल सिः मिलाउन अर्थात फेर्न नसक्ने सुनाउँछन्। उनले भैलखः को गल सिः ले मेरुदण्डको काम गर्ने उनी बताउँछन्।
त्यस्तै गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले गल सिः ३ वटा भाचिएको जानकारी पाएको बताए। जात्रा भरी अहिले सम्म ठूलो मानविय क्षति भएको छैन्, प्रमुख कमौचार्यले भने। आज अन्तिम दिन पनि क्षति नहास् भनी रथलाई समान्य तानेर जात्रा सम्पन्न गर्न स्थानीयलाई अनुरोध गरे। उनले ठूलो क्षति नभएपनि समान्य घाइते भएका धेरै छन्, उनले भने। जात्रा मनाएर कसैको परिवारले दुःख खेप्न नपरोस् भन्ने आशय रहेको उनी सुनाउँछन्।
आज पनि पहिलो दिन जस्तै रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ। एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर हजारौ युवाले रथ तान्ने गर्दछन्।

प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *