नयाँ वर्षको शुभकामना


बैशाख १, २०७८, बुधबार | विहान ०३:३८ बजे | 10


( गद्य कविता )
मेरा सम्पूर्ण अग्रजदेखि नाति पनातीलाई 
नयाँ वर्षले सवै कल्याण गरून् 
निरोगी र गतिशिल वनिरहन सकोस्
नयाँ दिनमा नयाँ सोचकास साथ जीवन ठड्याउन
आफ्नै खुट्टामा उभिने तागत उजागर होस्
अरूको इर्ष्या होईन आफ्नै पाखुरामा कर्तव्यमा लागुन्
जीवन जिन्दगी एकै बाहरामा मात्र हुन्छ 
त्यागी र आत्मा सन्तोष लिऊ लोभवाट वचौँ 
जिवनमा उद्देस्य र लक्ष्य लिई मेहनत गर्नुपर्छ 
विना लक्ष्यको बेकामीको युगको समय नफालौँ 
समयलाई जति सकिन्छ उपयोग गरौँ 
युवायुवतीहरू देसका कर्णधार बनी उपयोग होऔँ 
युवायुवती लागू पदार्थले जोगौँ पूँजिवादको थुकमा बिक्री जीवन खेर नफालौ ,
समाजमा परिवर्तनशिल तत्व थाहा लिऊ
 समाजको भरौटे होईन ,
समाजको चिन्तक र समाज परिवर्तनको खम्बा हो 
समाजको हरेक तप्काका वर्गलाई 
मेरो र परिवारको शुभकामना छ ,
शुभकामना २०७८ सालको सवैमा ।
धन्यवाद ,
         कुमार लघु 
                व्यासी,ख्वप

Comments