११ः२० मा उठाइयो हात नभएको लिंगो
भक्तपुर । परम्परा अनुसार भक्तपुरको पोटरी स्क्वायरमा मंगलबार हात नभएको लिंगो उठाइएको छ। आठ दिन नौरातसम्म चल्ने भक्तपुरको प्रसिद्ध बिस्केट जात्राको क्रममा प्रत्येक वर्ष वर्षको अन्तिम दिन (यस वर्ष मंगलबार) यहाँं हात नभएको लिंगो उठाइने गरिन्छ। स्थानीयहरु मिलेर प्रत्येक वर्ष नयाँं वर्षको अन्तिम दिन विहान यहाँ ठूलो काठको लिंगो उठाइन्छ। लिंगो विहान एघार बजेर वीस मिनेट जाँंदा उठाउन स्थानीय सफल भएका थिए।
स्थानीयल डोरीको सहायताले लिंगो उठाएका हुन। प्रत्येक वर्ष जस्तै स्थानीयले बल भन्दा पनि बुद्धिको प्रयोगले लिंगो उठाएका थिए। उनीहरुले झ्यालझ्यालबाट डोरीले तानेर लिंगो उठाएका थिए। साथै उनीहरुले सहयोगको लागि कैटीको पनि प्रयोग गरेका थिए।
लिंगो उठाएको हेर्न विहानदेखि भक्तपुर नगरभरिका हजारौं नगरबासी पोटरी स्क्वायर पुगेका थिए। विहानैदेखि लिगो उठाएको हेर्न उनीहरु घण्टौ त्यहाँं रहेका थिए । उठाइएको लिंगो विस्केट जात्राको अन्तिम दिन वैशाख ५ गते ढालिनेछ।
यसरी नै आजै साँंझ भक्तपुरको भेलुखेलमा ५५ हात लामो लिंगो उठाइनेछ । यो लिगो भने उठाएको भोलिपल्टै अर्थात् वैशाख १ गते यो वर्ष बुधबार साँंझ ढालिनेछ। गुठी संस्थान भक्तपुरले जनाए अनुसार आज भेलुखेलमा नयाँं लिंगो उठाइने छ।