भक्तपुर । नौ दिन आठ रात लामो भक्तपुरको विस्केट जात्रा आज शनिबारदेखि सुरु हुँंदैछ । भक्तपुरको प्रसिद्ध पाँंचतल्ले मन्दिर टौमढी अगाडि राखेर बनाइएको भैरबनाथको रथ दिउँंसो तान्ने क्रमको सुरुवातसँंगै जात्रा सुरु हुँंदैछ । प्रत्येक वर्ष नयाँं वर्ष आगमनको चार दिन अगाडिदेखि सोही स्थानमा प्यागोडा शैलिमा बनाइएको तीनतल्ले करिव ३० फिट अग्लो भैरबनाथको रथ तान्ने क्रमसँंगै जात्रा प्रारम्भ हुने प्रचलन रहिआएको छ ।
रथलाई दुवैतिर डोरीले तान्ने गरिन्छ । एकातिर ६ वटा र अर्काेतिर चार वटा मोटोमोटो डोरी राखेर हजारौ युवाले रथ तान्ने गर्दछन् । जात्राको पहिलो दिनलाई स्थानीय नेपाल भाषामा द्यो क्वह विज्याइज्यू अर्थात देवता (रथ) तल सवारी हुने भनिन्छ । जात्राको पहिलो दिन रथलाई नगरको तल्लो साइटको टोलतिर लाने भएकोले सो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिने गरिन्छ । तर दुवैतिर प्रतिस्पर्धात्मक रुपमा तानेर पछिल्लो वर्ष जता पनि लैजान गर्दछन् । पाँंचतल्ले मन्दिरलाई भक्तपुर नगरको वीच भाग मानिन्छ ।  
गुठी संस्थान शाखा कार्यालय सूर्यविनायक भक्तपुरका प्रमुख आनन्दप्रसाद कर्माचार्यले जात्राका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाए । जात्रालाई हर्षाेलासमय रुपमा बनाउन दिन यो वर्ष दिउँंसोबाटै रथ तान्ने क्रम सुरु गरी साँंझसम्ममा सकाउने योजना रहेको उनले सुनाए ।
इतिहास एवं संस्कृतिविद् डा पुरुषोतमलोचन श्रेष्ठका अनुसार भक्तपुरको विस्केट जात्रा पूर्वमध्यकालतिर तीनसय वर्ष भन्दा बढ्ता समयसम्म राष्ट्रिय पर्वकै रूपमा मनाइन्थ्यो । तत्कालीन भक्तपुर राज्य समग्र नेपालको राजधानीनगरको रूपमा रहेको बेलामा यो राष्ट्रिय पर्वकै रूपमा मनाइने उनले बताए । तर उपत्यकाको राजनैतिक विखण्डनलगायत वि.सं.१८२६ मा मल्लकालीन भक्तपुर राज्यको पतनपछि भक्तपुरले आफनो केन्द्रीय राजनैतिक–प्रशासनिक महत्व गुमाउँंदै गएपछि भने यो एक जिल्लाको स्थानीय जात्राको रूपमा मात्र सीमित रहन पुग्यो । तर अहिले फेरि यो जात्रा हेर्नका लागि भक्तपुरसहित काठमाडौं, ललितपुर, काभ्रेपलान्चोकलगायतबाट सयौं मानिसहरु आउने गर्दछन् ।
भैरबनाथको रथ तानेर सुरु हुने जात्रा प्रत्येक वर्ष वैशाख ५ गते पाँंचतल्ले मन्दिर अगाडि नै रहेको यही भैरबनाथको रथलाई तानेर सम्पन्न हुने गर्दछ । यो बेला पनि रथलाई दुवै साइटमा डोरी राखेर तानिन्छ । यस दिनलाई स्थानीय नेपाल भाषामा द्यो थाहा विज्याइगू अर्थात देवता (रथ) माथि सवारी हुने भनिन्छ । यसकारण यस दिन माथिल्लो साइटमा ६ वटा र अर्काे साइटमा चार वटा मात्रै डोरी राखिन्छ ।
भक्तपुरको विस्केट जात्राको मुख्य आकर्षण ५५ हात लामो लिंगो उठाउनु, ढाल्नु र रथ तान्नु रहेको छ । साथै मध्यपुर थिमिमा मनाईने जिव्रो छेड्ने जात्रा पनि उतिकै प्रख्यात छ ।
...

All Comments.......


Please Login/Register To Comments