कुमार लघु
जो काहीँ वनपाखा जानुस् ,डुल्नुस्
क्या हरियो दृश्य र शितल छाहारी
स्वस्थसुन्दर हावापानी वनपाखामा वसौँबसौ
धुलो नउडने,हरियो गलैचा ओक्षायको हुने
साथी भाइसित वनवृक्षको सामिप्यतामा मन

आहा ! क्या शीत मलाई त वनपाखामा लुकुलुक लाग्यो
मेरो वनपाखामा कराउने कुहुकुहु सुगाको आवाज
कोईली चरा,ढुकुर,कालिजको स्वरले नै मन्त्रमुग्ध
वनपाखाले जडिबुडि,घाँस, दाउरा र काठले अघाउने
सुनसान शान्त,आनन्दमय र कोहीकसैको घोचपेचमा नहुने
ईर्ष्या र वैमणश्य नहुने एकआपसमा मैत्रिपूर्ण वातावरण

आहा ! नेपाली समाजको उद्गम
स्थल हो वनपाखा ,
वनपाखा रूचिको कारण नै त्यही हो
रूखलाई हामी माया दिन्छौ र लिन्छौ,
रूखलाई हामी समयसमयमा पानी दिन्छौ
रूखको पातले आवाज सुरिलो दिन्छ

आहा ! मनै क्या मज्जा लुकुलुकु लाग्ने वनपाखा
फलफूल र जीवन जिऊन अक्सिजन दिने ,
आँखालाई हरितकणले आनन्द दिने मायाले
अहिले नै वनपाखो जलायो मानिसलाई
आँखापिरो गरायो,श्वास फेर्न गाह्रोभयो
के देख्न परेको जिउँदै मरेको लास भयो
सहरमा यो सरकारले तेलको भाऊ बढायो
छि यो लाछि सरकारले के उधुम मचाएको ?...

All Comments.......


Please Login/Register To Comments