भक्तपुर । भक्तपुरमा आठ रात नौ दिनसम्म मनाईने विस्काः जात्रा मनाउन नदिने भएको छ । भक्तपुरमा मनाइने बिस्का जात्रा यो वर्ष पनि नगर्नका लागि सर्वपक्षीय निर्णय भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा तथा जिल्ला समन्वय समिति भक्तपुरका अध्यक्ष नवराज गेलाललगायतका व्यक्तिको उपस्थितिमा बसेको जिल्लास्तरीय कोभिड(१९ संकट व्यवस्थापन संचालन केन्द्र भक्तपुरको ४५ औं बैठकले सो निर्णय गरेको हो ।
कोरोनाको कारण देखाउँदै स्थानीय निकाय स्थानीय बासिन्दा तथा जात्रालुलाई बेवास्ता गर्दै एक पक्षिय रुपमा प्रशासनले निर्णय गरेको हो । यसको स्थानीयले विरोध गर्दै आएका छन् । प्रशासनले मेला लगाएत विभिन्न कार्यक्रम गर्न दिने तर परम्परागत जात्रामा भने अंकुस लगाउन खोज्नु बेठिक भएको स्थानीयले बताउँदै आएका छन् ।
बैठकले गरेका निर्णय यस्ता छन्
१। हाल मित्र राष्ट्र भारतका विभिन्न प्रान्तहरुमा कोभिड (१९ को संक्रमण बढिरहेको र हाम्रो देशमा पनि जोखिम बढ्ने सम्भावना रहेको छ। भक्तपुर जिल्लामा मनाइने विस्केट जात्रामा रथ तान्ने तथा लिङ्गो ठड्याउने काममा हजारौं भक्तजनहरु सहभागी हुने गरेको तथा सो भिडभाडले कोभिड (१९ को संक्रमण फैलिन गई भयावहको अवस्था सिर्जना हुन सक्ने सम्भावना रहेकोले यस वर्षको विस्केट जात्रामा पुजारीलाई मात्र राखेर पुजा गर्ने तथा रथ तान्ने र लिङÞगो ठड़याउने काम गत वर्ष जस्तै यस वर्ष पनि नगर्ने।
२। नयाँ वर्ष २०७८ को अवसरमा हुने पुजा, पाठ, सप्ताह र पिकनिक जस्ता कार्यक्रमले कोभिड (१९ को जोखिम बढ्ने सम्भावना रहेकोले यस्ता कार्यक्रम गर्दा सिमित संख्यामा कोभिड (१९ को मापदण्ड पालना गरेर मात्र गर्ने साथै पुजा, पाठ र जात्रा लगाएतका कार्यक्रम गर्दा डोली बोक्ने तथा रथ तान्ने जस्ता कार्य नगर्न, नगराउन समेत अनुरोध गर्ने
३। यस जिल्लामा मनाइने जिब्रो छेड़ने तथा सिन्दुर जात्रामा अत्यधिक भिडभाड भई कोभिड(१९ को जोखिम बढ्ने सम्भावना रहेकोले यस्ता किसिमका कार्यहरु नगर्न, नगराउन सम्पुर्णमा अनुरोध गर्ने

४। कोभिड(१९ संक्रमणको जोखिम नियन्त्रण गर्न कोभिड(१९ को मापदण्डको पालना तथा भिडभाड हुने गरी कुनै किसिमको कार्य नगर्न, नगराउन तथा प्रचार प्रसार लगायत जनचेतनामुलक कार्यक्रम गर्न सवै नगरपालिकाहरुलाई अनुरोध गर्ने।
५। कोभिड १९ को जोखिम नियन्त्रणका लागी नेपाल सरकारबाट जारी भएको मापदण्डहरुको उल्लघन गर्नलाई संक्रामक रोग ऐन २०२० बमोजिम कारबाही गर्ने ।...

All Comments.......


Please Login/Register To Comments