पाँंच वटा पुस्तकहरू संयुक्त रूपमा विमोचन
वरिष्ठ संगीतकर्मी रत्न (बेहोसी) बज्राचार्य लिखित ५ वटा पुस्तकहरू संयुक्त रूपमा विमोचन गरिएको छ । भजन तथा आधुनिक गीतहरु संग्रहित खस नेपाली तथा नेपालभाषाका पुस्तकहरु क्रमशः भगवान भरोसा, निफ्वः स्वां भजनमाला, म अञ्जान छु, छं छन्त हे खंकी, फाटेको मन एक कार्यक्रमकाबीच विमोचन भयो ।
आयोजकःमध्यपुर संगीतप्रेमी समाज, मध्यपुर थिमि ।
कार्यक्रम स्थलः शंखधर पार्टी प्यालेस, शंखधर चोक ।
कार्यक्रममा सहभागीहरूः
प्रमुख अतिथिः वाङमय शताब्दी पुरुष डा. सत्यमोहन जोशी ।
विशेष अतिथिः मेयर मध्यपुर थिमि नगरपालिका, मदन सुन्दर श्रेष्ठ ।
अतिथिः प्रा. डा. सुन्दर कृष्ण जोशी ।
अतिथिः कवि श्री भगतदास श्रेष्ठ ।
अतिथिः रमेश महर्जन (व्यवसायी तथा अध्यक्ष, नेपाल मण्डल टेलिभिजन) ।
अतिथि तथा टिप्पणीकर्ताः कृष्णकुमार प्रजापति, बौद्ध विद्वान तथा समालोचक ।
विमोचित पुस्तकमध्ये तिनवटा पुस्तक प्रकाशनमा कान्छाकाजी प्रजापतिले आर्थिक सहकार्य गर्नुभएको हो । नेपालभाषाको निफ्वः स्वां भजनमालामा दिलबहादुर प्रजापतिको ५१ वटा भजन गीत संलग्न छ ।