भक्तपुरमा सडकमा रूख बिरुवा ......
चैत १०, २०७७, मङ्गलबार | दिउँसो ०३:०८ बजे | 20
( गध्या कविता )
भक्तपुर नगर पालिकाले पोहर साल रूखबिरुवा रापे
यो वर्ष त सडकको शोभा बढे, हावा चिसोचल्यो
कतिले के बेकारको काम भक्तपुर नगरपालिकाले गरे ?
होईन है नगरपालिका भक्तपुरले गरे ठिक
सडकका विचभागमा रूख विरूवाको आवश्यकता छ
रूखले वातावरण हरियो वातावरण दिन्छ
सडकको शोभा वडाएको छ, मन नै आहा पार्छ
नभएको ठाउँमा रूख रोप्दा छेकेको जस्तो देखिन्छ
बिस्तारै मानिसलाई अक्सिजन दिई कार्वनडाई अक्साइड
दिएपछि बल्ल मानिसहरू दङ्ग भएकाछन् ,
घर अगाडिकालाई जरूर मन दुखेको होला
दुखाउन नपर्ने हो,जरूर पनि रूख महत्व थाहालिएपछि
मन नै आनन्द हुन्छ है ,
दुई किनारमा शितलता छाएको र विभिन्न किसिमकोले
सडकको शोभा र रमणिय सस्थल हुन्दै आएकोछ
सल्लाघारी देखि व्यासीर कासनसम्मको माहूल फेरियो
आँखालाई सेतो ,कालोमात्र होईन हरियो हेर्न पायो
गर्मीमा रूखको महत्व वढेको छ, हावा वगेको चाल पायो
हावा चल्दा रूख विरूवाको हाँगा र पातको हलाईले मनै आनन्द सिर्जना भईरहयो
भक्तपुर नगर पालिकालाई धन्यवाद दिनै पर्ने भयो।
धन्यवाद भक्तपुर नगर पालिकाका सवैलाई
भक्तपुरमा आउने अर्का वटुवाहरूले आहा !
भक्तपुर नगर पालिकाले जाने ठिक गर्दै हिडेकाछन्
हो जहाँजता पनि सडकको दुई किनारमा रूख र
विभिन्न जातको वरूखको वोट विरूवनहरू रोप्नुपर्छ ।
भक्तपुर यसरी न दिनप्रतीदिन प्रगतिदिन भक्तपुर
हरितकरणतिर लम्किन गैई रहन सकोस् ,
अझै सुखा मौसममा समयको वेलामा रोपेको
विरूवामा पानीको आवश्यकता रहेकाछन् ।
२०७७÷१२÷१० गते
कुमार लघु ,व्यासी ः–२
भक्तपुर नगर पालिका