वाँचुहिटी ज्ञानमाला भजन खलः स्थापना
भक्तपुर । भक्तपुरको देइगनामा बाँंचुहिटी ज्ञानमाला भजन खलः स्थापना गरिएको छ । २०७५ सालमै स्थापना भएको ज्ञानमाला भजन खलको एक कार्यक्रमवीच उदघाटन गरिएको हो । स्थानीय शुभद्रा यालानासको सक्रियतामा ज्ञानमाला भजनको उदघाटन गरिएको हो ।
ज्ञानमाला भजनको राष्टिय ज्ञानमाला भजनका केन्द्रिय अध्यक्ष रमना श्रेष्ठले गरिन्े । कार्यक्रममा राष्टिय ज्ञानमाला भजन खलका क्षेत्रीय उपसमितिका संयोजक पुन्यरत्न शाक्य, सचिव गौतम बज्राचार्य, स्थापित बाँंचुहिटी ज्ञानमाला भजन खलःकी अध्यक्ष शुभद्रा यालानासलगायतले बोलेका थिए । कार्यक्रममा भक्तपुर ज्ञानमाला भजन अध्ययन प्रतिवेदन २०७७ का अध्ययनकर्ता डा इन्दुल केसीले भक्तपुरको ज्ञानमाला भजनको अवस्थाबारे जानकारी गराए । बुद्धको माध्यमबाट विश्व शान्तिमा सहयोग गर्न भजन गर्ने उद्देश्यका साथ खलःको उदघाटन गरिएको हो । खलःको स्थापनासँंगै त्यहाँं विभिन्न समयमा भजनकीर्तन गरिनेछ ।