मेहनतको फल ! !
चैत ८, २०७७, आइतबार | विहान ११:३६ बजे | 30
यो लोकमा जन्मेपछि मेहनत गर्नैपर्छ
आमासंग भएको दूध पिउनलाई ,
आमालाई खुसी पार्नुपर्छ
साना नानीले ज्ञानी बनी परिवारलाई
आनन्द दिनु पर्छ
कामचोरहरू धेरै भएर नै
प्रत्येक सदस्य कामचोर भयो
अरू देसमा जसले नि कामगर्न पर्छ
चुनावले जिते राज्यको ढुकुटी लुटी खाएर वस्छ
देसको सिमानामा छिमेकीले अतिक्रमण गरे चुप
देसको काम नगरे कानूनले घेरिनुपर्छ
गरिवलाई भए एक मुठ्ठीश्वास फेर्नदिन्दैन
तुरून्त प्रहरी र अडालतले पत्रकाटि हाल्छन्
के यो त्यस्तो हुनु अनुहारलाई सुहाउँछ ?
एउँटा गोठालाले कामगरेन भने
कति नोक्सान हुन्छ ,
पदमा वसेकाले जनताको कामनगरि हुछ् ?
हुदैन्
यस्ता कामचोरहरूलाई त सिधै
चुनावमा बदला लिई चुनावमा हराउनुप पर्छ ,
जनताको काम गर्नेलाई जिताउनु पर्छ ,
मेहनत सबैलाई गर्नदिने अवसर दिनुपर्छ
जसले मेहनत गर्छ उसलाई मौका दिऊ
वर्तमानमा चुनाव अपरिहार्य हो
जनादेश नयाँ तत्काल आबस्यक छ
तब त घुसखोरी,गुण्डाराज वर्षातको
भेलले बगाई नदिको बगर सफा हुन्छ ।
२०७७÷१२÷०८ गते ।
कुमार लघु ,व्यासी ः– २ भक्तपुर नगर पालिका