नेवा ः संस्कार र चिकित्सा ज्योतिष पुस्तक सार्वजनिक


2021-03-20 10:18:30

भक्तपुर । डा वीरेन्द्रप्रसाद कायष्ठद्धारा लिखित नेवा ः संस्कार र चिकित्सा ज्योतिष नामक पुस्तकको शनिबार भक्तपुरमा विमोचन गरिएको छ । नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान विजुक्छेंले पुस्तकको एक कार्यक्रमवीच विमोचन गरेका हुन् । कार्यक्रममा विजुक्छेंले ज्योतिष शाश्त्रलाई वैज्ञानिक आधारसँंग मिलाउनुपर्नेमा जोड दिए । उनले ज्योतिष शाश्त्रमा भएका अन्धविश्वासलाई वैज्ञानिक रुपमा प्रमाणति गरी विश्वासयोग्य बनाउनुपर्ने बताए । कार्यक्रममा प्रदेश साँंसद् सृजना सैंजूले ज्योतिष विमोचित पुस्तक नयाँं पुस्ताको लागि एक खुराक भएको बताए । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा जगमान गुरुगले पुस्तक नेपाली समाजका लागि राम्रो खुराक भएको बताए ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *