भक्तपुर । भक्तपुरको ऐतिहासिक चुपिंघाट क्षेत्रको भनज घर पुननिर्माणको तरखर सुरु भएको छ । भक्तपुर नगरपालिका वडा नं ५ स्थित प्रसिद्ध विस्केट जात्रास्थलको छेउमा रहेको घाट क्षेत्रमा रहेको भजन घरको पुननिर्माण सुरु गर्ने तरखर सुरु भएको हो ।
भजन घर पुननिर्माणको लागि जग्गाको स्वामित्वकर्ता दिगम्वर राइठोर उनको समूहले स्वीकृति दिएको श्री कृष्ण मन्दिर राश भजन चुपिंघाट भक्तपुरका अध्यक्ष केशव श्रेष्ठले बताए ।
खोल छेउ रहेको रोपनीका रोपनी जग्गा क्षेत्र र त्यस आसपासमा रहेका मठमन्दिर, भजनघरहरुमध्ये भजन घर मात्रै पुननिर्माण गर्न तयारी सुरु गरिएको हो । भजन घर हाल एक तल्लामा सिमित छ । खोला छेउ भुईमा रहेको एक तल्लाको त्यो भजन घर प्रत्येक वर्ष वर्खामा हनुमन्ते खोलमा वाढी आउँंदा डुव्ने गर्दै आएको छ । भजन घर डुव्दा भजन घरभित्र रहेका भजनका तवलालगायतका बाद्यवादनका सामान नष्ट हुने गर्दै आएको छ ।
श्री कृष्ण मन्दिर राश भजन चुपिंघाट भक्तपुरका अध्यक्ष केशव श्रेष्ठले भजन घर बनाउनका लागि दाताहरुको खोजी सुरु भएको जनाए । दाताहरु भेटिएसँंगै काम सुरु हुने उनले जनाए । भजन घर पुननिर्माणका लागि अहिले नक्सा बनाउनेलगायतको काम सुरु भएको उनले जनाए ।
[[img3]]
श्री कृष्ण मन्दिर राश भजन चुपिंघाट भक्तपुरका सदस्य पुष्पराम श्रेष्ठले दाताहरु पनि विस्तारै भेटिन थालेको जनाए । भक्तपुर नगरपालिका वडा नं ५ क्वाछेंका आशकाजी फसिकवाले एक लाख रुपैयाँं दिने वचन दिएको उनले जानकारी गराए । यसका साथै अन्य दाताहरुले पनि सहयोग गर्ने प्रतिवद्धता आउन थालेको उनले जानकारी गराए ।
वेवास्ताले ऐतिहासिक यो क्षेत्र अस्तव्यस्त छ । चुपिंघाटमा अवस्थित गोङ्ग सुव्वाले स्थापना गरिएको शिवालयमा भएको महादेव, नारायण र श्रीकृष्ण मन्दिर तथा अन्य विभिन्न मन्दिरहरु भत्किएको वर्षाै भए पनि कसैले पनि वास्ता नगरेको जनाइएको छ । श्रीकृष्ण मन्दिरलाई स्थानीय महानुभाबहरुले नारायण लिविको संयोजकत्वमा कृष्ण शाख, गोविन्द धौभडेल र पुरुषोतम जोशी तथा अन्य महानुभाबहरु मिलेर २०५८ सालदेखि सत्संघ भजन गर्दै आएका छन । यहाँं भजन गर्न भक्तपुरभरिबाट दैनिक वुढाबढीहरु विहान र बेलुकी आउने गरेका छन । तर यसको अवस्था नाजुक हुँंदा असाध्यै समस्यामा परेको छ । स्थानीयका अुनसार विशेष गरेर खोला छेउमा भएको एकतल्ले भजन घरलाई जहिले पनि वर्खामा बाढी आयो कि डुवाउन गर्दछ । यसले गर्दा भजन घरमा भएका सवै हार्माेनियम, मादल, तवलालगायतका वाद्यवादनहरु भिजेर विग्रने गरेको छ ।
[[img2]]
अर्का रघुनाथ हाडाले यहाँंको भजनलाई निरन्तरता दिन जीर्ण रहेको भजन घरलाई मर्मत गर्न आवश्यक रहेको बताए । साथै कच्ची रुपमा भए पनि अर्काे एक तल्ला थप्न सकिए बाद्यवादनका सामानहरु बाढीले भिजेर पटकपटक विग्रने अवस्था नआउने बताए । त्यहाँं हेरचाहरत सुनमाया खाइतुले जीर्ण अवस्थामा रहेको भजन घरलाई मर्मत सुधार गर्न पटकपटक दाताहरुलाई अनुरोध गरी पठाएको जानकारी गराए ।
कला संस्कृति भजन महागुथिका संस्थापक डा इन्दुल केसीका अनुसार ऐतिहासिक यस ठाउँमा दैनिक भजन गाउनुका साथै वर्षैपिच्छे कृष्ण जन्माष्टमी, महाविशरात्री, साउन महिनामा राधाकृष्णका झुला तथा अन्य महत्वपूर्ण पर्वहरुमा विशेष भजन कीर्तन र पुजा हुँदै आएको छ । ऐतिहासिक यो ठाउँंलाई सुन्दर बनाउन सेके यो पनि एउटा पर्यटकीय आकर्षणको सम्भावित केन्द्र हुनसक्ने उनको बुझाई रहेको छ ।
चुपिंघाटको यही बाटो भएर प्रत्येक वर्ष वैशाख १ गते विस्केजा जात्राको क्रममा हनुमन्ते खोलामा ठूलो मेलाल लाग्ने गर्दछ । तर उक्त बाटो अहिले जानै नहुने गरी झारपातले भरिएका छन् ।