हत्याराको तक्मा भिरेकाहरू


फाल्गुन २९, २०७७, शनिबार | दिउँसो १२:४१ बजे | 25


कुमार लघु, व्यासी 
जता हेर उतै हत्याराको तक्मा भिरेकाहरू 
विभिन्न स्थानमा आजकल जिउदै मरेकाहरू 
हत्याराको तक्मा भिरेका जासूसीहरू 
दुवै हातमा लड्डु झुण्डिएकाहरू
 स्वर्गमालास कुर्ने पालो पाएरहरू 
नरकमा झनै मानिसको लास कुरेर 
वसेका नकचराहरू,
नेपालमा भ्रष्टाचारको 
नोट गन्ने चान्स पाएकाहरू
नपाउनेले पायो ससुराली पट्टिको सम्पत्ति झ्याई जिवनको आधा उमेर हत्याराको तक्मा भिरे
लोकतन्त्रले ल्याएको दरवार आफ्नै बपौति रे !
आमाले मामाघर सोझ्यायो,छोराले घरदन्कायो 
जनताले भलो देखेर मतदिए 
उही चम्वु टुरटुरेलाई 
लोकतन्त्रको छाला ओडेर 
वाघ बनी सवैलाई तर्साईयो 
संघियताको विरोधी,
लोकतन्त्रको अत्यधिक साखुले।
सन्जोगले ख्याकको पोजिसनमा चान्स पायो 
लोकतन्त्रलाई लगौति बनाई ठाउँमै बानियो 
चतुर हत्याराको तक्मा भिरेकाहरू 
हेरेको हेरै भयो
लोकतन्त्रमा लोकाचारमा
सिमिततामा पायो 
त्यही तक्मा उपमा र ताज जस्तै 
ऊ आफैले लगाउन खोज्दैछन् ।

Comments