जमाना लुट ....
फाल्गुन २९, २०७७, शनिबार | विहान ०३:२५ बजे | 30
कुमार लघु
जमाना लुट मचाउनेहरूको शहर
हाम्रो गाउँ शहर सोझो
इमान्दारहरूको
जमाना गाउँको गुण्डा र
बेमान डाँकाहरूको
सोझोले बोल्ननहुने नर्कमा वस्ने
झारपातको डरले
झारपातहरू निमिट्यान पार्ने
कानून बोल्न थाले हुन्छ
सुन्दर शहर र
सास्कृतिक सम्पदाको लहरको शहर
गाउँमा रछ्यानमा फलेका
मानवको थुप्रो शहर पसे
शहरमा थर्काई
उधुम मचाउन थालेको शहर
हेर्न घिनलाग्दो छ
नियाल तिमीले एक ताल्ल
जमाना सुन्दरछ,
जमानालाई विगार्नेको लर्काेछ
नेतादेखि गाउँका
डाँकाहरूकै छ जालझेल
कानून लगाउनेले
कानूनलाई बिटाउँन नसकेर
सोमतहेर छ्या थुक्क
व्यक्तित्व हरामगर्नेहरू देखि लाज्जलाग्छ
के संसार गुण्डाले
चलाएर सभ्य बन्छ अह !
संसार सिप र वुध्दिमानीले हाक्नुपर्छ
सुन्दर र सुखसयलले
जीवन निर्वाह गर्नपाउने
उहीँ ताका गाउँलुट्नेहरू
अहिले गोठालो हुन्जेल यस्तै हो
जनताले गर्ने के ......
समयले तालि बजाउन थालेको
यस्ताले जमाना विगारे हेर .....