रास्वपा भक्तपुर अधिवेशनः अझैसम्म भएन सहमति


जेठ २३, २०८३, शनिबार | साँझ ०६:३० बजे | 195


रास्वपा भक्तपुर अधिवेशनः अझैसम्म भएन सहमति

भक्तपुर । विहानदेखि सुरु भएको राष्टिय स्वतन्त्र पार्टी भक्तपुर जिल्ला अधिवेशनले साँंझसम्म सहमतिमा नयाँं नेतृत्व चयन गर्न सकेको छैन । साँझ प्राप्त विवरण अनुसार सचिव र सहसचिव दुई वटा पदमा सहमति हुन नसकेको हो । 
सचिवमा राजेश शिल्पकार र सञ्जीव प्रजापति दुईजनाको उम्मेदबारी परेको छ । उत सहसचिवमा पनि रामकृष्ण देउजा र प्रल्हाद कार्की दुईजनाको उम्मेदबारी परेको छ । साँंझसम्म पनि सहमतिमा पुग्न नसकेपछि निर्वाचनको तयारीमा जुटेको जनाइएको छ । 
अध्यक्ष, उपाध्यक्षलगायतमा भने सर्वसम्मत भइसकेको छ । अध्यक्षमा निवर्तमान सभापति रामेश्वर वस्नेत र उपसभापतिमा पनि निवर्तमान उपसभापति स्मृति भटराई सर्वसम्मत भइसकेका छन् । 

Comments