हरि मञ्जुश्रीको विष्णुप्रार्थना सार्वजनिक
जेठ २३, २०८३, शनिबार | राति ०७:२८ बजे | 90
हरि मञ्जुश्रीको लेखन र सङ्गीतमा वसन्त कुइकेलले गाउनुभएको ‘विष्णुप्रार्थना — कोही नरोउन्’ गानलाई अतिथिका रूपबाट रत्न पुस्तकालयका अध्यक्ष शशीविक्रम राणाले सार्वजनिक गर्नुभयो । शब्दयात्रा प्रकाशनको सभाकक्षमा जेठ २३ गते शनिबार आयोजित कार्यक्रममा उक्त गान सार्वजनिक गरिएको हो । उक्त गानको म्युजिक भिडिओ हरि मञ्जुश्री या वसन्त कुइकेल टाइप गरी अक्षरधाम युट्युब च्यानलबाट सुन्न सकिन्छ । मच्छेश्वर सापकोटाको सुपरिवेक्षण र बालकृष्ण सेवाचार्यको बाद्यसंयोजन रहेको उक्त गानको म्युजिक भिडिओको सम्पादन सफ्टवेयर इन्जिनियर रोशन मञ्जुश्री अधिकारीले गर्नुभएको हो ।
.jpg)