निओ फ्युजन स्कुल अफ कम्प्युटरमा मनोविज्ञान र ई—शासनको कार्यशाला


जेठ २३, २०८३, शनिबार | राति ०९:१८ बजे | 50


निओ फ्युजन स्कुल अफ कम्प्युटरमा मनोविज्ञान र ई—शासनको कार्यशाला

भक्तपुर, २३ जेठ । निओ फ्युुजन स्कुल अफ कम्प्युटरले एस ई ई २०८१ का विद्यार्थीहरु विच मनोविज्ञान तथा ई—शासनको कार्यशाला कार्यक्रम सम्पन्न गरिएको छ । आजभोलि बालकालिका, युवायुवती तथा बृद्धबृद्धामा समेत देखिएका मनोविज्ञानका समस्या बारे पद्यकन्या कलेजमा मनोविज्ञान संकायमा माष्टर अध्ययरत दिपीका यादव र प्रविना बनमालाले आफ्ना धारणा प्रस्तुत गरियो । बालबालिकादेखि एस ई ई सम्म अध्ययरत विद्यार्थीहरुमा देखिका मनोविज्ञानमा केही डरलाग्दा व्यवहारहरु रहेको बताउनु भयो । घर परिवार, छरछिमेक तथा विद्यालयमा संलग्न रहेका बालबालिकाहरु मध्ये घर र विद्यालय विशेषगरी एकल परिवारमा परिवारको व्यस्तताले विद्यार्थीमा एक्लोपन र एकान्त बाँस भएको देखिन्छ । जसले गर्दा उनी समाजिक रुपमा प्रस्तुत हुन डराउने, हुलमा अप्ठारो महसुस गर्ने, ठुलो स्वरले शरीर काम्ने जस्ता कार्य भएको देखिन्छ । एकैछिन रमाउने एकैछिन मै रिसाउने, आफुले चाहेको जस्तो नभएको खण्डमा आफनै शरीरमा कोत्याउने गरेको पनि पाइन्छ । यस्तो व्यवहार प्रति परिवार सजक हुनु नितान्त आवश्यक हुने बताउनु भयो ।  कार्यशालामा विद्यार्थीहरुको मनोविज्ञान बुझ्न विभिन्न खेल तथा सामुहिक खेलहरु खेलाई उनीहरुको मनोभावलाई बुझ्ने तरिका सिकाउनु भयो । 
दिपीका यादवका अनुसार अहिलेको समाजिक तथा पारिवारिक परिवेशले बालबालिकामा क्रियटिभ कार्य गर्न गाह्रो भएको देखिएको छ । समाजिक सञ्जालले बालबालिका एकोहोरोपन भएको देखिन्छ । अरुले गरेको काममा सकारात्मक सोच भन्दा नकारात्मक सोचको विकास बढी भएको देखिन्छ । यादवले भन्नुभयो आफुले आफ्ना घर र घर वरिपरिका किशोरकिशोरीलाई अध्ययन गर्दा कुनै विषयमा धेरै बेरसम्म रहिरहन नसकिएको देखियो । छिनछिनमै आफ्नो मनोभाव परिवर्तन गरिरहेको देखिन्छ । 
प्रविना बनमालाले आफ्ना माष्टर प्रोजेक्टमा बृद्धबृद्धाहरुमा देखिएका मनोविज्ञानले बालबालिकाहरुमा समेत असर परेको बताउनु भयो । एस ई ईका विद्यार्थीहरुलाई लक्ष्यगरि अध्ययन गर्दा विद्यार्थीहरुमा समाजिक तथा पारिवारिक उत्तरदायित्व नै कम भएको बताउनु भयो । परिवारको औधिक माया तथा आफुलाई चाहेको कुनैपनि कुरा तत्काल भएकोले गर्दा धैर्यता तथा आवश्यकता विस्तारै हराउँदै गएको बनाउँनु भयो । 
एस ई ईका विद्यार्थीहरु आफ्ना मनोभावलाई बुझ्ने तरिका तथा आफुले गर्नुपर्ने जिम्मेवारी, दायित्व कसरी छुत्याउने भन्ने बारेमा केन्द्रित रहेर कार्यक्रम सञ्चालन गरिएको थियो ।
नेपाल सरकारको इन्टरनेटका माध्यम गरिएका ई—शासनको जानकारी भक्तपुर नगरपालिकाका कम्प्युटर ओपरटर न्हुज किजुले दिनुभएको थियो । किजुले अहिले समाजले जानिनजानि इन्टरनेटको माध्यमले आफ्ना कामलाई सहर्जिकरण गरिदै आइरहेको देखिन्छ । घरको विजुलीको विल भुक्तानी गर्नेदेखि चिया पसलको चियाको भुक्तानी गर्ने समेतमा इन्टरनेटको सहायतामा गरिएको देखिन्छ । जे कुरा पनि त्यस विषयमा बुझेर गर्न सकिएको खण्डमा अझ लाभान्वित हुने बताउनु भयो । 
नेपालमा इन्टरनेटको परिचय, आवश्यकता र यसको प्रयोग बारे प्रस्त पार्दै बर्तमान समयमा विद्यार्थीहरुलाई परिवारले पनि ई बैकिंग गरेर रकम दिदैं आइरहेको छ । यसले बालबालिकामा भोलि हुने केही समस्या पनि स्लाइटको माध्यमले विद्यार्थीहरु विच प्रस्तुत गर्नु भयो । हामीले गर्ने काम र सरकारी निकायले गर्ने कामबारे विद्यार्थीहरुलाई ध्यानाकर्षण गराउनु भयो । विद्यार्थीहरुलाई इन्टरनेटले दिएको सुविधा प्रयोग गर्दा ध्यान दिनुपर्ने कुराहरु पनि प्रस्ताउनु भयो । 
कार्यक्रममा निओ फ्युजन स्कुल अफ कम्प्युटरका निर्देशक बालकृष्ण बनमालाले कम्प्युटरको ज्ञानका साथै आजभोलि आवश्यक विषयवस्तुहरुको ज्ञान पनि दिदै आएको र दिदै जाने बताउनु भयो । विद्यार्थीलाई सीपमुलक बनाउन विभिन्न निःशुल्क तालिमहरु सञ्चालन गर्नुका साथै आवश्यक समाजिक कार्यक्रमहरु पनि सञ्चालन गरिदै आएको बताउनु भयो । यसले विद्यार्थीहरुमा समाज र देश प्रतिको भुमिका निर्वाह गर्न सकिने बताउनु भयो । आजको कार्यशालाले विद्यार्थीहरु निकै लाभान्वित भएको बताउनु भयो । 
 

Comments