सूर्यविनायक –५ क्षेत्रमा शंकास्पद अवस्थामा कालो झोला बोकेर बसिरहेको अवस्थामा सल्लाघारी बस्दै आएका भट्ट पक्राउ
जेठ १५, २०८३, शुक्रबार | विहान ११:२२ बजे | 140
भक्तपुर, १५ जेठ । भक्तपुर प्रहरीले लागू औषधसहित एक जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार शुक्रबार राति करिब ८ः३० बजे सूर्यविनायक नगरपालिका–५ क्षेत्रमा शंकास्पद अवस्थामा कालो झोला बोकेर बसिरहेको अवस्थामा कैलाली घोडाघोडी नगरपालिका–२ घर भई हाल भक्तपुर सल्लाघारी बस्दै आएका २६ वर्षीय दिपकराज भट्टलाई प्रहरीले पक्राउ गरेको हो ।
प्रहरी वृत्त ठिमीबाट खटिएको प्रहरी टोलीले सोधपुछ तथा चेकजाँच गर्ने क्रममा उनको साथबाट लागू औषध टापेन्टाडोल १०० एमजीका ६०० क्याप्सुल (६० फायल) बरामद गरेको जनाएको छ ।
प्रहरीले भट्टलाई नियन्त्रणमा लिई थप अनुसन्धान कार्य अघि बढाएको जनाएको छ ।
