सुर्यविनायक नपाका ५२ वटा संस्थागत विद्यालयका विद्यार्थीहरुको लागि १ दिने आत्मरक्षा अभिमुखिकरण कार्यक्रम सम्पन्न
जेठ १५, २०८३, शुक्रबार | विहान ०६:५४ बजे | 130
भक्तपुर । जेष्ठ १५ गते । सुर्यविनायक नगरपालिकाको आयोजनामा सुनपाका ५२ वटा संस्थागत विद्यालयका विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुको लागि एक दिने आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्यकुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रम सुर्यविनायक नगरपालिकाका उपमेयर सरिता तिमिल्सिना भट्टराईको उपस्थितिमा न्यातापोल ब्यांङक्वेट, घलाटेमा जेष्ठ १४ गते सम्पन्न भयो । एक दिने आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्यकुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रमको प्रशिक्षण सामाजिक अभियन्ता तथा आत्मरक्षा प्रशिक्षक पद्मा खयरगोली तथा प्रशिक्षक रविन्द्र श्रेष्ठबाट ३२० जना विद्यार्थी तथा शिक्षकशिक्षिकाहरुलाई प्रशिक्षण दिइएको थियो । सुर्यविनायक नगरपालिका अन्तर्गत लैंगिक तथा समाबेसिकरण शाखाको तत्वावधानमा सुनपाका वडा नंं १ देखि १० वटै वडामा रहेका संस्थागत विद्यालयहरुलाई आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्य कुरुती सम्वन्धी एक दिने अभिमुखिकरण कार्यक्रमको लागि पत्राचार गरिएकोमा ५२ वटा संस्थागत विद्यालयका ५ जना किशोरी सहित शिक्षकशिक्षिकाहरुको सकृय सहभागिता रहेको छ । गत वर्ष २०८२ मा ५ वटा सामुदायिक विद्यालयका विद्यार्थीहरुलाई विद्यालयमा नै आत्मरक्षा तालिम दिएकोमा, यो वर्ष संस्थागत विद्यालयलाई मात्र दिइएको हो । अबका दिनमा किशोरी मात्र होइन किशोरलाई पनि जनचेतनामुलक आत्मरक्षा, प्रजनन स्वास्थ्य, यौनजन्य हिंसा तथा विभेदजन्य कुरुती सम्वन्धी अभिमुखिकरण कार्यक्रमा सहभागी गराउने योजना रहेको सुनपाका लैंगिक तथा समाबेसिकरण शाखाका अधिकृत विजया सुवेदीले जानकारी दिनुभयो ।
फाेटाेमा हेर्नुहाेस्...
