भक्तपुर नगरव्यापी दाफा प्रदर्शनीको भव्य रुपमा उद्घाटन
जेठ १५, २०८३, शुक्रबार | साँझ ०५:०० बजे | 105
भक्तपुरमा दाफा प्रदर्शनीको भव्य उद्घाटन
भक्तपुरको कला, संस्कृति र सम्पदा संरक्षण गर्दै नयाँ पुस्तामा हस्तान्तरण गर्ने उद्देश्यले भक्तपुर नगरपालिकाको आयोजनामा जेठ १५ र १६ गते नासमना टोलमा हुने भक्तपुर नगरव्यापी दाफा प्रदर्शनीको भव्य रुपमा उद्घाटन भयो । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले दाफा प्रदर्शनीको उद्घाटन गर्नुभयो ।
कार्यक्रमको उद्घाटन गर्दै नगर प्रमुख प्रजापतिले संस्कृति संरक्षण कसरी गर्ने भन्ने सन्देश देशभर दिन यस्ता गतिविधि सञ्चालन गरिएको बताउनुभयाे । उहाले सम्पदा बचाउने उद्देश्यसहित नगरपालिकाले निरन्तर सांस्कृतिक कार्यक्रम गर्दै आएको र दाफा पनि परम्परागत संस्कृति र पहिचानको महत्वपूर्ण अंश भएको बताउनुभयाे ।
प्रमुख प्रजापतिले प्रगतिशील भजन प्रतियोगिता सञ्चालन गर्नु पनि एउटा पृथक र महत्वपूर्ण काम भएको उल्लेख गर्दै दाफा तथा भजनलाई लिपिबद्ध गर्ने प्रयास भइरहेको जानकारी दिनभयाे । साथै नयाँ पुस्तालाई यस क्षेत्रमा समावेश गर्दै संस्कृति हस्तान्तरण गर्ने अभियानलाई अगाडि बढाइएको बताउनुभयाे ।
“दाफा भजन उत्पत्तिका लागि सयौं वर्ष लागेको छ । त्यसैले यस्तो मौलिक संस्कृतिलाई जोगाउने प्रयास हामीले निरन्तर गरिरहेका छौं,” भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले बताउनुभयाे ।
उहाले दाफा भजन केवल सांगीतिक परम्परा मात्र नभई नेपाली समाजको सांस्कृतिक पहिचान र ऐतिहासिक सम्पदा भएको उल्लेख गर्दै यसको संरक्षणमा सबै पक्ष एकजुट हुनुपर्ने बताउनुभयाे।
उहाले नयाँ पुस्तालाई दाफा संस्कृतिसँग जोड्दै पुस्तान्तरण गर्ने अभियानलाई नगरपालिकाले प्राथमिकतामा राखेको पनि जानकारी दिनुभयाे ।
दाफा प्रदर्शनी उद्घाटन कार्यक्रममा भनपा वडा नं. ९ का वडाध्यक्ष रविन्द्र ज्याख्व र वडा नं. ३ का वडाध्यक्ष राजकृष्ण गोराले पनि बोल्नुभएको थियो भने दत्तात्रयमा भएको सांस्कृतिक ¥याली उद्घाटन कार्यक्रममा भक्तपुर नपा वडा नं. १० का वडाध्यक्ष लक्ष्मीप्रसाद ह्यौंमिखा र ८ का वडा सदस्य रामसुन्दर बासीले पनि बोल्नुभएको थियो ।
सांस्कृतिक ¥याली उद्घाटन कार्यक्रममा नगर प्रमुख प्रजापतिको नेतृत्वमा जनप्रतिनिधिसहितको मूल व्यानर, दाफा प्रदर्शनी टोली, नेपाल स्काउटका स्वयम्सेवक, स्थानीय अग्रज, विद्यालय, कलेज, सहकारी संस्था, टिम, क्लबका प्रतिनिधि, नगरपालिकाका कर्मचारी तथा नगर प्रहरीहरुको उल्लेखनीय उपस्थिति रहेको थियो ।
भक्तपुर नगरपालिकाले भक्तपुरको मूर्त र अमूर्त कला संस्कृति संरक्षण, संवद्र्धन र पुस्तान्तरण गर्ने उद्देश्यले हरेक वर्ष यस्ता सांस्कृतिक प्रदर्शनी तथा प्रतियोगिताहरु आयोजना गदैै आएको थियो ।
दाफा प्रदर्शनीको उद्घाटनका लागि दत्तात्रयबाट सांस्कृतिक र्यालीसहित इनाचो, गोल्मढी, सुकुलढोका, साकोठा, टौमढी, बोलाछे“ हु“दै नासमना नासमना पुगी कार्यक्रमको उद्घाटन भएको थियो ।
फाेटाेमा हेर्नुहाेस्...
