धिमाय् पिदानेगु ज्याझ्वः कार्यक्रम सम्पन्न


2021-03-06 05:37:19

भक्तपुर । झीगु ख्वप बचत तथा ऋण सहकारी संस्था लि.द्वारा सञ्चालित धिमाय् बाजा प्रशिक्षण फागुन २० “धिमाय् पिदानेगु ज्याझ्वः” कार्यक्रम गरी सम्पन्न गरेको छ । २०७६ साल पुस २७ गते शुभारम्भ कार्यक्रम भइ सुरु भएको उक्त प्रशिक्षण कार्यक्रम विश्वव्यापी कोरोनाको कारण नेपाल सरकारले गरेको बन्दाबन्दीले नौ महिना स्थगित भएको थियो ।

कार्यक्रमको प्रमुख अतिथिको आसनबाट नेपाल मजदुर किसान पार्टीका केन्द्रीय सदस्य एवं भनपा ७ नंं. वडाका वडाअध्यक्ष का. उकेश कवांले हाम्रो समाजमा छरिएर रहेका कलाहरुलाई मूर्त र अमूर्त गरी दुई किसिमका कला रहेको, कला मानव सभ्यताको उपज विचार व्यक्त गर्नुहुदै कला र संस्कृतिलाई भौतिकवादी दृष्टिकोणले विचार पु¥याइ यस्ता सिकाइकार्यहरु गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कलाकारहरु राजनैतिक दृष्टिकोणले परिपक्व नहुदा समाजलाई यथोचित फाइदा पु¥याउन नसकेको र अरुबाट उपयोग हुने खतरा देखिएको, आफ्नो कला, संस्कृतिको जगेर्ना गर्न हामी आफै जागरुक हुनुपर्ने धारणा पनि उक्त अवसरमा भएको औपचारिक कार्यक्रममा प्रमुख अतिथि कवांले बताउनुभयो ।
[[img1]]
कार्यक्रममा संस्थाका पूर्व अध्यक्ष आशाकुमार चिकंबञ्जारले हाम्रो कला र संस्कृतिको निरन्तरताको ध्ययले विभिन्न किसिमका उपायहरु लगाइएको पाइन्छ । संस्थाले जुन बाजा प्रशिक्षणहरुको सराहना गर्नुहुदै भाषा, संस्कृति, कला र सभ्यता भनेको एक, दुई दिनको मानवीय योगदानले तयार नहुने भएकोले यस्तो महत्वपूर्ण कला, संस्कृतिको जगेर्ना गर्न लिपिबद्ध नै गर्नुपर्ने विचार व्यक्त गर्नुभयो । कार्यक्रममा संस्कृति कर्मी सत्यनारायण दिदियाले नेवारी संस्कृतिमा सगुन दिने आफ्नो विधि भएकोमा अहिले तोडमातोड गरेकोमा गुनासो व्यक्त गर्नुहुदै जसरी शरीर पञ्च तत्वले बनेको हुन्छ त्यसरी नै सगुन दिनेबेला पा“च थरी खानेकुरा राखेर प्रदान गरिने र ति प्रत्येकको छुट्टाछुट्टै अर्थ र महत्व रहेको विषयमा चर्चा गर्नुभयो । नेवारी परम्परा अनुसार हिंसा गर्ने देवी देवताहरुलाई चढाइने “गोजा” र “ङातापोल” तान्त्रिक रुपले सम्बन्धित रहेको बताउनुहुदै “गोजा” गोजा एउटा तान्त्रिक यन्त्र भएको बताउनु भयो । तान्त्रिक उपाय लगाएर देवता आमन्त्रण गरी “गोजा”मा प्रतिस्थापित गरेको देवता भाग्न नसक्ने गरी मा लगाइने “कोखा” ले बाध्ने गरिन्छ उहाले भन्नुभयो ।
संस्थाका उपाध्यक्ष नारायणप्रसाद कवांको स्वागत मन्तव्यबाट सुरु भएको उक्त कार्यक्रममा संस्थाका मानार्थ सदस्य लक्ष्मीभक्त कवां, सास्कृतिक उप–समितिका संयोजक एवं धिमाय् बाजा गुरु नारायणप्रसाद मचामसी, प्रशिक्षार्थीहरुको तर्फबाट प्रशिक्षार्थी इन्जिनीयर मिलन चिकंबञ्जारले पनि बोल्नुभएको थियो । संस्थाका अध्यक्ष बलराम गोसाईको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रमको सञ्चालन सञ्चालक सदस्य प्रकाश गोसाईले गर्नुभएको थियो ।

Shares:
प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *