दर्शकको मन जित्न सफल हुँंदै सुसन मन
सुमधुर स्वरकी धनि रानी शाक्यको स्वर तथा बरिष्ठ निर्देशक मदन घिमिरेको निर्देशन रहेको म्युजिक भिडियो सुसन मनले छोटो समयमै दर्शकको मन जित्न सफल भएको छ । करिव एक हप्ता अगाडी सार्वजनिक भएको उक्त म्युजिक लगभग दुई लाख पटक हेरिएको छ । लामो समय देखी नेपाली चलचित्र श्रेत्रमा सक्रिय बरिष्ठ चलचित्र निर्देशकर निर्माता उद्योग बाणिज्य महासंघ का सदस्य, गितकार एवं समाजसेवी समेत रहेका घिमिरेको पछिल्लो म्युजिक भिडियो सुनसान मनू रानी शाक्यको युट्युव च्यानल मार्फत सार्बजनिक थियो । यस गीतको शब्द रचना राजेश शाक्य र संगित ओम कर्माचार्यको रहेको छ । म्यूजिक भिडीयोमा नायिका केकी अधिकारीको बेजोड अभिनय रहेको छ भने गितको छायाँकन काठमाण्डौ, धुलिखेल,दोलालघाट र जेरो किलोमा शुटिङ्ग गरिएको र भिडियोको छायाँकन रामेश्र्वर हुमागाई , सम्पादन प्रेम शर्मा पौडेल, कलर करेक्शन मनोरञ्जन श्रेष्ठ ,मेकअप अशोक रोक्का ,ड्रोन बासु बराल र सहायक हरिष खनालले गरेका छन् ।