क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण पुस्तकमा मेरो विहङ्गम दृष्टि
बैशाख १०, २०८३, बिहीबार | राति ०९:३७ बजे | 80
डा इन्दुल केसी
प्राक्कथन
स्वयम्भू शाक्यजीले मलाई ‘आदरणीय दाजु डा. इन्दुल
के.सी.ज्यूमा सप्रेम उपहार’ भनी स्वहस्ताक्षरले लेखी ५४० पृष्ठ
रहेको एउटा महत्त्वपूर्ण पुस्तक प्रदान गर्नुभयो । उक्त प्राप्त
उपहारलाई मैले केलाई हेर्दा देखेका केही टिपोटहरू नै यो लेखका
अवयवहरू हुन् । उक्त पुस्तकमा युगकवि सिद्धिचरणज्यूका ६६
वटा फुटकर कविताहरू र मङ्गलमान खण्डकाव्य, सिद्धिचरण र
जुनकीरी तथा ऐतिहासिक खण्डकाव्य भीमसेन थापाहरू छन्।
परिचय
स्वयम्भू शाक्य एक
सशक्त लेखक तथा वरिष्ठ
अधिवक्ता हुनुहुन्छ ।
शाक्यजीका ‘च्यातिएका
पाना’ शीर्षकको एक
लघुकाव्य र ‘धरः पौःका
अभियन्ता प्रा. डा. चुन्दा
बज्राचार्य’ नामका पुस्तकहरू पनि प्रकाशित छन् ।
लेखकले आफ्नो मनका कुरा शीर्षकमा भन्नुभएको छ
— “नेपालमा प्रजातन्त्र ल्याउनका निम्ति क्रान्तिका
अग्रदूत तथा स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक
युगकवि सिद्धिचरण श्रेष्ठको पनि ठूलो योगदान छ ।
देशमा जिब्रोछाप शासन चलिरहेका बेला
तानाशाहीविरुद्ध क्रान्तिको बिगुल फुक्दै हडतालको
आह्वान गर्ने युगप्रवर्तक युगकवि सिद्धिचरणका
काव्यहरू अनन्तकालसम्म सदैव अमर र अजर
रहेनछन् । प्राप्त स्मरणानुसार नेपालमा प्रजातन्त्र
ल्याउनका निम्ति भएगरेका थुप्रै कुराहरूमा म सानो
छँदा पिताले मलाई सुनाउनुहुन्थ्यो । विशेषतः टोलछिमेकका नाताले सहिद धर्मभक्त माथेमा,
गङ्गालाल श्रेष्ठ र युगकवि सिद्धिचरण श्रेष्ठलगायत अन्य व्यक्तित्वहरूको योगदानका बारेमा थुप्रै
कुराहरू सुनेर होला आज श्रद्धासुमनका रूपमा युगकवि सिद्धिचरणका केही कविता तथा
खण्डकाव्यहरूका सन्दर्भमा यो पुस्तक प्रकाशित गर्न खोजिएको हो ।”
डा. इन्दुल के.सी.,
भक्तपुर, नेपाल
फोनः ९८४१३३४११३
ष्लमगपिअज्ञढढड२नmबष्।िअयm
द्द
कविता, काव्य र खण्डकाव्य
उक्त पुस्तकमा रहेका रचनाहरूका सन्दर्भमा साहित्यका विधाबारे केही चर्चा गर्नु
सान्दर्भिक नै होला भन्ने ठान्दछु । पूर्वीय र पश्चिमी साहित्यको एक विधा काव्य हो । कविद्वारा
कविताको सिर्जना हुन्छ । शब्द र अर्थको संयुक्त रूप नै काव्य हो । काव्यको सर्जक कवि हो र
कविले सिर्जना गरेको रचनालाई ‘कविता’ र ‘काव्य’ भनिन्छ । खण्डकाव्यको शाब्दिक अर्थ
पूर्णकाव्यको खण्डित अंश भन्ने हुन्छ । सांस्कृतिक चेतना, समसामयिक जीवनको चर्चा गरेको
पूर्णकाव्यलाई महाकाव्य भनिन्छ । महाकाव्यको सानो खण्डलाई खण्डकाव्य भनिन्छ ।
युगकवि सिद्धिचरण श्रेष्ठज्यूले कुन–कुन भाषामा के–कति कविताहरू र अन्य साहित्यिक
रचनाहरू रच्नुभयो ? त्यो एउटा महत्त्वपूर्ण खोज र अनुसन्धानको विषय हो भन्ने ठान्दछु ।
स्वयम्भू शाक्यजीले यस पुस्तकमा समावेश गरेका ६६ वटा कविताहरूलाई विस्तृत विवेचना
गर्नुभएको छ । उक्त कविताहरूमा उल्लिखित केही शीर्षकहरू हुन्— भानुभक्त, गङ्गालाल, कवि
देवकोटा, राजमति, मेरो प्यारो ओखलढुङ्गा, शान्तिदूत, मेरो नेपाल, राष्ट्रिय गीत ... आदि । यी
नामहरूले नै नेपालका कविहरू, सहिद, बुद्ध, नेपालको राष्ट्रगानको झझल्को पाठकहरूलाई
दिएको देखिन्छ ।
समीक्षा
क्रान्तिका अग्रदूत युगकवि सिद्धिचरण नामक यो पुस्तक समीक्षा विधाको भएकाले यहाँ
समीक्षाका सम्बन्धमा पनि केही चर्चा गर्नु उपयुक्त नै होला ।
कुनै पुस्तकलाई गहन अध्ययन गरी वस्तुनिष्ठ आधारमा मूल्याङ्कन गर्ने काम नै समीक्षा
हो । यो कार्य बौद्धिक कार्य हो । पुस्तकको स्वरूप र बनावट कस्तो छ, विश्लेषण गरी
समीक्षकले समीक्षा गरेको हुन्छ । पुस्तकको विषयवस्तु, प्रस्तुति, भाषा, शैली र पुस्तकले दिन
खोजेको सन्देश कस्तो छ भन्ने समीक्षा गर्ने कार्य समीक्षामा हुन्छ ।
यस पुस्तकबारे केही अभिमतहरू
१. वैरागी काइँला, अध्यक्ष, युगकवि सिद्धिचरण प्रतिष्ठान, “स्वच्छन्दतावादी काव्यधाराका प्रवर्तक
युगनायक सिद्धिचरणका कविता तथा खण्डकाव्यहरूलाई केन्द्रीकृत गरी जीवन्त रूपमा प्रस्तुत
गरिएको यो पुस्तक हो ।”
२. रविचरण श्रेष्ठ, संरक्षक, युगकवि सिद्धिचरण प्रतिष्ठान, “युगकवि सिद्धिचरणका केही कविता
र खण्डकाव्यका विषयमा गहिरो चिन्तन र विवेचना गरी प्रकाशित गरिएको प्रस्तुत पुस्तकलाई
आफैँमा एउटा महत्त्वपूर्ण दस्तावेजका रूपमा लिन सकिन्छ ।”
३. डा. फणीन्द्रराज निरौला, “निकै अध्ययनशील एवम्चिन्तनशील व्यक्तित्व स्वयम्भू शाक्यबाट
६६ वटा फुटकर कविताहरू, युगकविको जेलसंस्मरणसम्बन्धी एउटा र ‘मङ्गलमान’, ‘जूनकीरी’ र
‘भीमसेन थापा’ शीर्षकका खण्डकाव्यका बारेमा विहङ्गम दृष्टिका साथ लेख तयार भएको यो
पुस्तक हो । मूलतः कविका प्राकृतिक, सांस्कृतिक, राजनीतिक, आर्थिक, नैतिक, शैक्षिक
लगायतका मानवीय गतिविधिका कमी–कमजोरीका बारेमा लेखेका रचनाहरूलाई चयन गरी
समीक्षात्मक प्रकृतिका लेखहरू यस पुस्तकमा रहेको छ । लेखक शाक्यले यो कृति
घ
युगकविसँगको सङ्गत र उनका कृतिहरूबाट प्रेरित एवम् प्रभावित भई श्रद्धापूर्वक पुष्पोहार
चढाउने उद्देश्यले तयार पारेको बुझिन्छ ।”
४. डा. इन्दुल के.सी., “स्वयम्भू शाक्यजीको लेखनीबाट तयार भएको यो समीक्षा विधाको
पुस्तक युगकवि सिद्धिचरणज्यू क्रान्तिका अग्रदूत हुनुहुन्छ भन्ने अकाट्य कुराको दस्तावेज हो ।
नेपालको राणाकालीन इतिहासका साथै साहित्यका दुई विधा कविता र खण्डकाव्यको दिग्दर्शन
गराउने यो एउटा महत्त्वपूर्ण ग्रन्थ हो । कृतिकार शाक्य एक सफल लेखक हुनुभएकाले
धन्यवादका सुयोग्य पात्र हुनुहुन्छ ।”
सन्दर्भसूची ः
१) कृष्णविलास पौड्याल, साहित्य सिद्धान्त, प्रकाशन काठमाडौं २०५९ ।
२) कृष्णविलास पौड्याल, समीक्षाशास्त्र, प्रकाशन २०६९ ।
३) मोहन हिमांशु थापा, साहित्य परिचय, साझा प्रकाशन २०३६ ।
०००
२०८३ वैशाख ८
