समदर्शीमा संस्थापक भेला सम्पन्न


फाल्गुन १८, २०७७, मङ्गलबार | विहान ०९:०६ बजे | 10


भक्तपुर । समदर्शी बचत तथा ऋण सहकारी लि.को १९ औँ स्थापना दिवसको उपलक्षमा संस्थपक भेला भएको  समाचार छ ।   २०५९ साल फागुन १६ गते ५६ जनाबाट शुरु भएको शमदर्शीमा हाल २००० को हाराहारीमा शेयर सदस्यहरु पुगेको जानकारी संस्थाका सचिव बिश्वबहादुर दुवालले दिए ।
संस्थापक समन्वय उपसमितिको आयोजनामा भएको भेलालाई सम्वोधन गर्दै संस्थापक श्री हरीराम लवजुले संस्था नीति र नियमका आधारमा सञ्चालन भैरहेको बताउदै १९ वर्षको दौरानमा कहिले पनि खिशा विहीन हुनु नपरेको कुरा बताए । उनले संस्थाको आर्थिक कारोवार चुष्ट दुरुष्ट राखेको कुरामा जोड दिँदै त्यसको परिणाम स्वरुप नियमन निकायले संस्थाको प्रसंशा गरेको बताए । साथै संस्था  २०८० साल सम्मको स्पष्ट योजनाका साथ अगाडि बढी रहेको जानकारी गराए ।
कार्यक्रममा संस्थका अध्यक्ष श्री रामकृष्ण मानन्धरले सदस्यहरुका हरेक समस्यालाई सम्वोधन गर्न संस्था क्रियाशील बनेको कुरामा जोड दिंदै संस्था आजको अवस्थासम्म बिकास हुनुमा सबै सदस्यहरुको देन रहेको कुरा बताए ।
 संस्थापक समन्वय उपसमितिको संयोजनमा सञ्चालित सो कार्यक्रममा लेखा सुपरिवेक्षण समितिका संयोजक कृष्णराम दुवालले संस्थापकहरु संस्थाका जन्मदात भएकाले संस्थाको रेखदेख गनुपर्ने आवश्यकता माथि प्रकाश पारे । सो कार्यक्रममा उपाध्यक्ष लक्ष्मी प्रसार प्रजापति, सचीव बिश्वबहादुर दुवाल, सल्लाहका कृष्णबहादुर प्रजापति,बलराम लवजूर लक्ष्मी सुन्दर अवालले आ आफ्ना बिचार व्यक्त गरेका थिए ।

Comments