नयाँवर्ष


बैशाख ३, २०८३, बिहीबार | राति ०८:१७ बजे | 115


नयाँवर्ष

राजन कार्की 

 

सदा झै ,

यसपालीको

"नयाँवर्ष",पनि

एकपल्ट पुनः प्रकृतिमा त्राहीमाम/ त्राहिमाम पार्दै ,

वातावरण नौलो वनाउँदै,

प्रकृतिलाई निरन्तरता दिदै ,

हरेक साँझ-विहान भएर,

आएको छ-

नयावर्ष,

हामी सवैको जिवनमा ।

००० ००० ०००

"नयाँवर्ष"

कसैको लागि चाहना/रहर विपना भएर आएको छ ।

कसैलाई वाध्यता विपना र सपना भएर आएको छ ।

र पनि

"नयाँवर्ष "

सवैलाई स्विकार्य छ ।

"नयावर्ष"

गतवर्षको अधुरा-थातिहरु यसपालीको च्याँखे हुनु परेको छ।

तिता र वियोगी,

घाँउ-खाटाहरुमा,

मिठा मिलनका,

मल्हमहरु लगाउँनु परेको छ।

००० ००० ०००

"नयावर्ष"

तिमिलाई थाँहै छ-

देश पुनहः प्रशब वेदना मै छ ।

पछिल्लो परिवर्तन पनि,

७ साल देखिकै ,

नियमित प्रकृया,होला जस्तो छ ।

कतै नयाँ-

श्रृखला वा अध्याय पो हुने हो कि?

देशमा मत्र हैन-

परदेशमा समेत-

विहान उठने वितिकै सुनिने ,

चिरविरर- कुहुकुहुको स्वरमा,

वमवारुदको वास्ना संगै,

युद्धको आवाजआउँन थालेको छ ।

परेवा घुर्न छाडेर-

काँकाकुल ,

कर्कश आवाज वढन थालेको छ ।

आन्तरिक/वाह्यय?

दुवै सिदान्त,

घोर आश्चर्यजनक अवस्थामा छ ।

००० ००० ०००

"नयावर्ष"

खै आजकाल मेरो देशलाई,

कुन्नि के हुन लागेको छ?

आशा पलाउँन ,

खोजेको मात्रै के थियो-

अन्धाकार?निराशाको?

वादल लाग्न खोजेको देखिन्छ ।

मौलिक नेपाल,

पुर्खाहरुको वैभब नेपाल संगै,

नेपालवाद ?

कथा हुदै

हराउँन थालेको छ।

राष्ट्रियता-धर्म?

कतै कुरुक्षेत्र हुने त होईन?

एकै परिवार,

मौलिक नेपालवाद छाडेर,

आयातितवादका लागि,

माराकाट गर्छन।

नेपाल ,

आमाको छाति चरक्क चस्किन्छ ।

हामी एउटै,

आमाको सन्तान भएर,

यतिकुरा पनि बुझन सक्दैनौं ।

००० ००० ०००

यसैले यसपाली,

"नयावर्ष"

हामी नेपालीहरुमा,

एकता- बिश्वासको शुत्रपात गर्नु छ ।

विगतका गल्ति-कमजोरी ,

सच्याउन ,

एउटै मालामा उन्नु पर्छ।

यत्ति भयो भने,

नयाँवर्ष

तिमिलाई

शुभ-कामना/ साधुवाद

र स्विकार्य छ ।

००० ००० ०००

 

 

Comments