भक्तपुर बचतद्वारा एकहप्ते घरजग्गा नापजाँच तालिम सम्पन्न
2021-03-01 13:00:23
भक्तपुर बचत तथा ऋण सहकारी संस्था लि.को ऋण उपसमितिको आयोजनामा भएको एक हप्ते घरजग्गा नापजाँच तालिम शनिवार सम्पन्न भएको छ ।
फागुन ९ गतेदेखि फागुन १५ गतेसम्म भएको उक्त कार्यक्रममा २७ जना प्रशिक्षार्थीले सहभागिता जनाएका थिए ।
समापन कार्यक्रमका प्रमुख अतिथि भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले पूर्खाले सिर्जेको सम्पत्ति, हाम्रो कला र संस्कृति भन्ने नारालाई सफल पु¥याउन यस्तो तालिमको आवश्यकता रहेको प्रष्ट्याउनुभयो । उहाँले २०७२ सालको भूकम्पबाट भत्केका घरहरु जग्गाकै आपसी विवादका कारण बनाउन नसकेको स्पष्ट पार्नुहुँदै नापजाँच संवेदनशील भएकाले नापजाँचमा शुद्धता आउनुपर्नेमा जोड दिनुभयो । तालिमबाट प्रशिक्षित प्रशिक्षार्थीहरुले सचेत र लगनशील भएर काम गरे समाजमा आइपर्ने विवादको अन्त्य हुने बताउनुभयो ।
संस्थाका अध्यक्ष बलराम प्रजापतिले असल र सभ्य नागरिक तयार गर्न संस्थाले विभिन्न तालिमहरु दिँदै गएको बताउनुभयो । उहाँले युव लक्षित कार्यक्रम सरकारले नल्याउँदा ििवदेशमा पलायन भएको स्पष्ट पार्दै त्यस्ता कार्यक्रम यस संस्थाले दिँदै गएको बताउनुभयो । संस्थाले आर्थिक सँगसँगै विभिन्न तालिम तथा गतिविधिहरु गर्दै जाने बताउनुभयो ।
प्रशिक्षक विष्णुकुमार प्रजापतिले यो तालिम पनि २ वर्षे अमिनको तालिम जस्तै भएको बताउनुभयो । उहाँले विनाउपकरण काम गर्न नसक्ने भएकोले त्यस्तो उपकरणसहित तालिम दिएको बताउनुभयो ।
आयोजक समितिका संयोजक जगनाथ प्रजापतिको सभापतित्वमा भएको उक्त कार्यक्रममा प्रशिक्षार्थीहरु बालकृष्ण प्रजापति, कृष्णराम सुलु,,व्यवस्थापक सत्यनारायण साँयजू, उर्मिला कोजूलगायतले बोल्नुभएको थियो । प्रमुख अतिथिबाट प्रशिक्षार्थीलाई प्रमाणपत्र वितरण र अतिथि तथा प्रशिक्षकहरुलाई अध्यक्षबाट मायाको चिनो वितरण गरेका थिए ।
प्रतिक्रिया