साहित्य वाचन कार्यक्रम
चैत २१, २०८२, शनिबार | राति ०९:०३ बजे | 70
भक्तपुर
भक्तपुर साहित्यिक समाजकाे २५ अाैं स्थापना दिवसकाे अवसरमा नियमित घुमन्ते साहित्यिक श्रृङ्खलाकाे ८० आे संस्करण र रेडियाे जनसञ्चार प्रसारणकाे १८ अाैं र जनसञ्चार टेलिभिजन प्रसारणकाे छैठाैं बार्षिकाेत्सवकाे अवसरमा आयाेजित साहित्य वाचन कार्यक्रममा २० जना स्रष्टाहरूले रचना वाचन गरेका थिए । देशकाे बदलिंदाे परिस्थितिमा अब देशकाे मुहार फेर्नुपर्ने विषय, विकास र समृद्धिकाे लागि सबै मिलेर साैहार्द्ध र एकताबद्ध हुनुपर्ने , जनमतकाे कदर गर्नुपर्ने, जनभावना अनुसार काम गर्नुपर्नेलगायतका विषयहरूलाई सहभागी स्रष्टा/सर्जकहरूले आफ्नाे रचना मार्फत् व्यक्त गरेका थिए । साे कार्यक्रममा स्रष्टाहरू सुशिला प्रधानाङ्ग (कविता), मानिक बाबु ग्वंग: (कविता), नरेन्द्र प्रसाद जाेशी(गजल) , काशिराम विरस (गजल), राजुराम मुनंकर्मी (कविता), कविन्द्र लाल प्रधान (कविता), गुहेश्वरी शाक्य (गीत), सुलाेचना सैंजु जाेशी (कविता), पुरूषाेत्तम प्रजापति (कविता), राजेन्द्र चित्रकार (कविता), राममणी ढुङ्गेल(लघुकथा), सुरेश राजभण्डारी(कविता), पवित्रा दहाल(छन्द कविता), मानन्धर अभागी(गजल), तेजकृ्ष्ण श्रेष्ठ(कविता), चन्द्रलाल भाेमी (कविता), निरन्जन मल्ल ठकुरी( लघुकथा) र सविता राजभण्डारी (लघुकथा),अमला महर्जन (गीत), चिरी माया महर्जन (कविता) ले रचना वाचन गर्नुभएकाे थियाे । भक्तपुर साहित्यिक समाजका कार्यसमिति सदस्य सुलाेचना सैंजुले कार्यक्रम सञ्चालन गर्दै समाजकाे गतिविधि र क्रियाकलापबारे प्रकाश पार्नुभएकाे थियाे । कार्यक्रममा सहभागी सबैलाई रेडियाे जनसञ्चार प्रसारणकाे तर्फबाट कृतज्ञता ज्ञापन गर्नुभएकाे थियाे । कार्यक्रमकाे अन्तमा समाजका अध्यक्ष राजुराम मुनंकर्मीले समाजकाे २५ अाैं रजत महाेत्सवकाे अवसरमा वर्षभरिमा भएका प्रमुख कार्यक्रमहरू रक्तदान कार्यक्रम, नियमित घुमन्ते साहित्यिक श्रृङ्खला अन्तर्गत २०८१ फागुन देखि २०८२ चैत्रसम्म भएका ७५ अाैं देखि ८० अाैं सम्मका श्रृङखलाहरूकाे बारेमा चर्चा तथा अपाङ्गता सम्बन्धी अभिमुखिकरण कार्यक्रम र साहित्य वाचन कार्यक्रमकाेबारे प्रकाश पार्नुहुँदै २५ अाैं रजत महाेत्सव समापन भएकाे घाेषणा गर्नुभयाे।
