नेपाल स्रष्टा समाजको सम्मान कार्यक्रम सम्पन्न
चैत १८, २०८२, बुधबार | विहान १०:१७ बजे | 85
तानसेन । नेपाल स्रष्टा समाजको केन्द्रीय पदाधिकारी एवं सदस्यहरुको सम्मानमा पाल्पामा स्वागत तथा रचना वाचन कार्यक्रम आयोजना गरियो । पाल्पा साहित्य समाज र सम्पदा प्रतिष्ठान,पाल्पाको आयोजनामा भएको उक्त कार्यक्रममा प्रमुख अतिथि नेपाल स्रष्टा समाजका केन्द्रीय अध्यक्ष श्रीओम श्रेष्ठ ‘रोदन ‘ ले समाजका गतिविधिहरुको बारेमा प्रकाश पारे । उनले स्रष्टाहरुले लेख्न छोड्न नहुने बताउँदै लेखनी कमजोरी हुँदा नआत्तिन र सिर्जनाकर्ममा निरन्तरता दिन आग्रह गरे । कार्यक्रममा डेढ दर्जन स्थानीय कवि तथा सर्जकहरुले आआफ्नो रचना सुनाए । यसैगरी काठमाडौँबाट आएका नेपाल स्रष्टा समाजका अध्यक्ष ‘रोदन’,संरक्षक पवन आलोक,महासचिव प्रकाश घायल,सदस्यहरु मधु पाठक,माधव विडारी,प्रदीप सापकोटाले पनि आआफ्नो रचना सुनाए । पाल्पाको पुरानो साहित्यिक संस्था पाल्पा साहित्य समाजका अध्यक्ष पुस्कर अथक रेग्मीको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा सम्पदा साहित्य प्रतिष्ठान,पाल्पाका अध्यक्ष ले स्वागत मन्तव्य व्यक्त गरेका थिए । कार्यक्रममा विभिन्न स्रष्टाहरुका कृतिहरु आदानप्रदान समेत गरिएको थियो ।
