सातजनालाई शब्दयात्रा सम्मान समर्पण


चैत १७, २०८२, मङ्गलबार | विहान ०८:४५ बजे | 70


सातजनालाई शब्दयात्रा सम्मान समर्पण

शब्दयात्रा प्रकाशनले सातजना राष्ट्रिय प्रतिभामा सम्मान समर्पण गरेको छ । सम्मान ग्रहण गर्नेहरूमा डा. हेमाङ्गराज अधिकारी, रामबाबु सुवेदी, डा. नारायणप्रसाद खनाल, ‘वनिता’ साहित्यिक पत्रिका, शैलेन्द्र सिम्खडा, चन्द्रप्रसाद न्यौपाने र लालबहादुर भुजेल हुनुहुन्छ । भाषासेवी डा. हेमाङ्गराज अधिकारीमा पद्मकला–भीमप्रसाद सुवेदी भाषासेवा सम्मान समर्पण गरियो । उहाँलाई उपहार, भेटी र किरीट कोष व्यवस्थापक प्रा. लालानाथ सुवेदीले तथा अभिवन्दनापत्र गीतिभास्कर मच्छेश्वर सापकोटाले समर्पण गर्नुभएको थियो । बालसाहित्यकार रामबाबु सुवेदीमा विष्णुमाया–टीकाप्रसाद बालसाहित्य समर्पण गरियो । उहाँलाई किरीट र उपहार सन्देश पराजुलीले, भेटी कोष व्यवस्थापककी अर्धाङ्गिनी माधवी पराजुलीले तथा अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गर्नुभएको थियो । समालोचक डा. नारायणप्रसाद खनालमा हरिगोपाल प्रधान समालोचना सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक हरिगोपाल प्रधानले तथा अभिवन्दनापत्र रामबाबु सुवेदीले समर्पण गर्नुभएको थियो । उहाँहरूलाई चयन समितिका संयोजक प्रा. केदारनाथ श्रेष्ठले पुष्पमाला र उपहार समर्पण गर्नुभएको थियो । ‘वनिता’ साहित्यिक पत्रिकाका लागि सम्पादक लक्ष्मी उप्रेतीमा कृष्णलाल अधिकारी साहित्यिक पत्रिका सम्मान समर्पण गरियो । उहाँलाई माला चन्द्रप्रसाद न्यौपानेले, उपहार शैलेन्द्र सिम्खडाले, भेटी डा. नारायणप्रसाद खनालले, किरीट रामबाबु सुवेदीले र अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गर्नुभएको थियो । यसै गरी हास्यव्यङ्ग्यकार शैलेन्द्र सिम्खडामा रुद्रलाल शर्मा हास्यव्यङ्ग्य सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक शारदाप्रसाद शर्माका तर्फबाट ढकलप्रसाद धितालले तथा अभिवन्दनापत्र डा. हेमाङ्गराज अधिकारीले समर्पण गर्नुभएको थियो । महाकाव्यकार चन्द्रप्रसाद न्यौपानेमा वसन्त शर्मा कविताकाव्य सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक कविप्रसाद प्याकुरेलका तर्फबाट कविता आचार्यले तथा अभिवन्दनापत्र शैलेन्द्र सिम्खडाले समर्पण गर्नुभएको थियो । अनुसन्धाता लालबहादुर भुजेलमा जयदेव अधिकारी अनुसन्धान सम्मान समर्पण गरियो । उहाँलाई भेटी र किरीट कोष व्यवस्थापक राजेन्द्र विरहीले तथा अभिवन्दनापत्र चन्द्रप्रसाद न्यौपानेले समर्पण गर्नुभएको थियो । उहाँहरू तीनैजनालाई चयन समितिका सदस्य लीलादेवी श्रेष्ठले पुष्पमाला र उपहार समर्पण गर्नुभएको थियो । कार्यक्रम शब्दयात्रा प्रकाशनको सभाकक्षमा यही चैत १४ गते शनिबार आयोजना गरिएको थियो ।

 

फाेटाेमा हेर्नुहाेस्...

सातजनालाई शब्दयात्रा सम्मान समर्पण

Comments