रत्नले पायो पुरस्कार
चैत १५, २०८२, आइतबार | राति ०७:५९ बजे | 240
कुमार लघु,भक्तपुर
भक्तपुरको ख्वपछयँमा धनमान पुरस्कार दिने काममा म पनि निमन्त्रणालाई स्विकार गरि पुगे । ठिक समयमै पुगे परिचित र अपरिचितहरू सित अभिभादन साटासाट गरे । समय अलिक कार्यक्रम ढिलोसुरू भयो । समय १२ भनेको थियो । आयोजकहरू समय मै पुगिरहेको थियो । आगन्तुकहरू र अतिथि र विशिष्ट अतिथिहरू एकछिनले ढिलै कार्यक्रम सुरू भयो । पुरस्कार पाउने कथाकार पनि समय मै उपस्थिति भैरहेको पाए । आयोजकले वर्षमा लघुकथालाई र कथाकारलाई एक वर्ष विराएर पुरस्कार प्रदान गर्ने नियम रहेको वताउनु भयो । सबै उपस्थितिहरू कथाकारहरू जस्तो लाग्यो । परिचितहरू आ आफ्नै सुर र लयमा गफिन व्यस्तै भयो । समयले पाईला चाल्दै थियो । समयलाई हेर झनै १२:३० भएर नाध्यो । तैपनि कार्यक्रम संञ्चालन गर्ने सुरसार भयो । यसले होला कथा लेख्नेहरूलाई अलि अल्छी थान्छ कि जस्तो लाग्यो । आज आयोजकहरूले समयलाई ख्याल गरेको देखिएन् । बस आज १ घण्टा मात्र भनेर सूचना दिएको थियाे । कथाकार धनमान श्रेष्ठले धेरै वर्ष अगाडिदेखि नै कथा लेखेर कथा रूपरेखामा छाप्ने गरेको कुरा सभामा सुनाईयो । सुरू- २०३१-३२ सालमा पढेकाे बताउनु भयो। धनमान कथाकार हुन्थो । देश व्यापीको कथाकार समाज वनाएकाछाै भन्नु भयो । लघुकथाको पुरस्कार पनि दिएको थियो। यो वर्षमा रत्न प्रजापतिले धनमान कथाकार अक्ष कोषको वन्दोवस्तको पुरस्कार पाउनु भएको सबैले थाहा पाउनु भयो । उहाँले लघुकथामा डिग्री गरेको भन्नु भयो । कथाकार मार्फत परिचित हुनुहुन्छ । उहाँले मानविय याैन, प्रेमको वारेमा र जिवनको पक्षमा लेख्नु हुन्थो । याैन जिवनको वारेमा कथा लेख्नु हुने आयोजकहरूले सभामा स्पष्ट थाहा पाउनु भयो । रत्न प्रजापतीको कथा वर्णन मानिसको याैन कथा र प्रेम मनोभावनाले लेखेको कथाले परिचित भएर नै नाम चलेको हो । प्रेमको वारेमा कथा वस्तु र लघु कथा लेख्नेहरूलाई धनमान श्रेष्ठले राखेको पुरस्कार हेरक वर्ष हुने जानकारी उपस्थिति भएकाहरूलाई जानकारी गर्नु भयो । पुरस्कारको आयोजक लघुकथा समाज,नेपाल र सहआयोजक सिर्जना अभियान समाज भक्तपुरले ख्वपछ्यँ खाैमामा रहेको हलमा भ्वय र सभ्य तवरले भएको देखिन्छ । अलि कति कमि कमजोरी त हुनु स्वभाविक छ , माैसम पनि गड्वढ छ । पुरस्कारको सस्थापक धनमान श्रेष्ठले पुरस्कार दिनु भएको थियो । केही नगद पुरस्कारको दिनु खुसुक खल्टिवाट निकालेर भयो। नगद पुरस्कार स्पेन्स थियो कति चलाख यति उति केही भन्नू भएन् । सभामा बोल्नु हुनेहरूमा पुरस्कार पाउने रत्न प्रजापती , धुर्व मढिकर्मी ,धनमान श्रेष्ठ ,कथाको रूप वनाउने कोसिस गर्ने नयाँ प्रतिभाहरूले अगाडि वढाउने उद्देश्यले धनमान पुरस्कार राखेको वताउनु भयो । अध्यक्ष तुल्सी कोईराला अध्यक्षले खाडा आेडाएर स्वागत गर्नु भयो । प्रमुख अतिथि ज्यूले लघुकथा कार्यक्रम छोट्टो हुन्छ भनु भयो । धनमान कथाकार सस्थापक लोकप्रिय हुनु हुन्छ । लघुकथा १९९२ लेखी सिध्दिचरणको ३२ सालमा छापेदेखी चिन्ता लघुकथाहरूले प्रकाशन भएको थियो । २०५६ सालमा लघुकथाले व्यापकता पायो । मातृका पोखरेल वरिष्ट लेखक आजका नायक रत्न प्रजापती हो भन्नू भयो। मञ्चमा वस्नु भएकाहरू कोही कमि नदेखिएका व्यक्तित्वहरू हुन् । धुर्व मधिकर्मी,तुल्सी कोईराला,धनमान श्रेष्ठ ,आदी । अन्तमा फोटो खिचेर विदा लिनु भयो । कार्यक्रम शान्त वातावरणमा विव्दत वर्गको उपस्थितिमा शानदार नेपालका विशिष्ट लेखकहरूको साथ सहयोग र जमघटले कार्यक्रमको स्वभा वढाएको महसूस गरेको छु । भक्तपुरमा रहने रहेको कला सस्कृति र नेवारी परम्पराले पनि लेखेको कथा हुनाले कथाकार रत्न प्रजापतिको कथाहरू हेर्न लायक र पढ्नमा रुचि जागेको सभामा बोल्नु हुने कथाकारहरूले बोलेको पाउँदा भक्तपुरको लेखकहरू ठाटिएकछन् कि जस्तो लागेको हो । मेरो निम्ति यो कथाको सृङ्खलाकै रूपमा मैले लिएको छु । मलाई आज कथाकार धुर्व मढिकर्मी ज्यूले हप्ताै अगाडि नै निम्तो दिएर सुन्ने र हेर्ने अवसर दिएकोमा निमन्त्रणामा हसभागी हुने अवसर मैले लिन पाए । मैले भक्तपुरमा भेटिरहने कथाकार ज्यूहरू देखेकोछु,सभामा उपस्थिति भएको र नपत्याउने खोलाले बगाउँछ भन्या जस्तै कथाकारहरूको जमाट देखे मुसुक हाँसे । आज मेरो नजिक महेन्द्रगोपाल कर्माचार्य ,ईश्वर थोकर,बिमल ताम्राकार ,विजय थापा, दिनेस सर ,न्हुछे कवाँ आदी चर्चित कथाकारहरूले सभाहल गुन्जायमान रहेको कथा देखे मैले पाए। कथाहरू कल्पनाशिल र मनोभावनामा उव्जेका खालि पानामा कोर्न माहिरहरू लाएकका छन् । मैले कार्यक्रममा वस्दावस्दै मेरा दिमागहरू बाहिर र भित्र घुमाउन थाले खालि कार्यक्रम गरेकोछ, छ ख्वपछ्य् मा चोक पुराना आवासले हामीलाई हाम्रा अग्रजहरूले वसोवास गर्ने समयको याद दिलाईरहेको मनमा विभिन्न प्रस्नहरू उठेका थिए । किन मेरा अग्रजहरूको आवास नयाँ वनाउन नसक्या होला । पहिले यत्रो चोक,आँखि झ्याल वनाउन सक्नेहरूले किन यसरी वेवस्ता गरेर जेनतेन आवास ठड्याईरहेका हुन् । भवनहरू जिर्न हुन्दै वुढाैलि हुन्दै गैरहेको आभास पाए। पक्कै पहिले धनीमानी इमान्दार ,सोखिन्दार र मेहनती थियो होला । उहिले आम्दानी र पूर्खाको रवाफ थियो होला यसरी चोक आँखि झ्याल बलियो ईट्टाको गाह्रो र वालवच्चाहरू बाहिर खेल्न नजाउन र घाम ताप्नलाई चोक वनाएको हुनुपर्छ । बाल वच्चाहरू सुरक्षित आमा वुवालाई सन्तानहरू चोकै खेल्छन् भन्ने मनमा ढुक्क हुने् हो नि चोकले दिएको फाइदा । आजै आएका पाहुनाहरूले अरू कतै जान परेन पुरस्कार प्राप्त कर्ता रत्न प्रजापति चोकको आँगनमै घाम तापेर खाजा खान्दै दाैतरीसित गफ गरेको पाए। अरू पाहुनाहरू चोकैमा आरामका साथ साथी साथीहरूसित गफसफ गर्दै गरेको कथा मैले लेख्ने अवसर दिनु हुने कथाकार धुर्व मढिकर्मी ज्यूलाई धन्यवाद दिएर आजको मेरो कथा यही नै अन्त गर्न चाहे । सबैलाई धन्यवाद छ । आजको पुरस्कार पाउनु हुने रत्न प्रजापतीज्यूलाई हार्दिक बधाई ,धन्यवाद यस कथावाट दिन चाहान्छु । २०८२/१२ /१४ गते शनिवार
