सहभागिता कवि गोष्ठीमा 


चैत ७, २०८२, शनिबार | साँझ ०६:३१ बजे | 145


सहभागिता कवि गोष्ठीमा 

 कुमार लघु,ख्वप 
आज शनिवार सबैले सबैसित भेटघाट गर्ने दिन आज मैले कविहरू सित भेटे। भेटको कार्यक्रमस्थल पूर्व घोषित व्यासी –ः२ स्थित एभरेष्ट इङ्गलिश स्कूल मिवाछेँमा भयो ।
           कविहरूको सम्मान,भेटघाट र कविता वाचन कार्यक्रम चाँगु नारायण साहित्यिक समाजले आयोजना गरेको कार्यक्रममा करिव ३०–३३ जनाको राम्रै सहभागिता थियो । 
             त्यो अवसरमा थुप्रै कवि कवियत्रिहरूले र जगलकारहरूले आ आफ्ना कविता,जगल,लघुकथा र प्रबचन कार्यक्रममा तीन जना साहित्यक श्रष्टा व्यक्तित्वहरूलाई सम्मान कार्य र नगद पुरस्कार चाँगु नारायण साहित्यिक समाजका अध्यक्ष लाल बहादुर भुजेलले गर्नु भएको थियो । 
                       श्रष्टाहरू डाक्टर इन्दुल केसी( वुढौली युवा ) ,डाक्टर  सीता सुवेदी (बाल साहित्यकार ) र शंकर मानन्धर (शिक्षा सेवी र साहित्यकार ) हुनुहुन्थो ।
           प्रमुख अतिथि भक्तराज आचार्य एभरेष्ट इङ्गलिश स्कूलका प्रिन्सिपल ज्यू हुनुहन्थो । साहित्यिक सस्थाका अध्यक्ष ज्यूले मायाको चिन्ह सो अतिथि ज्यूलाई लालबहादुर भूजेल सरले ट्क्राउनु भएको थियो । 
             यो क्षण जिवनमा विर्सिन नसकिने क्षण हो । सो भेलामा मैले पनि कविता पाठ गरेको थिए । आज त्यो अवसरमा नारी दिवशको कुरा पनि उठेको र नारीको भूमिका मानव समाजमा अपरिहार्य योगदान रहेको कविताहरूमा र लघुकथामा मार्मिक तवरले उठेको थियो ।  
    आजको हामी सबैले सम्झनु पर्छ विश्र्व कविता दिवश र नारी दिवश पनि परेको दिन हो । कविताले भूतकाल,भविष्य र वर्तमानमा भए गरेका र गर्न खोजिरहेको समाज पार्टी, समाज सेवी र चुनावले हारेका र जितेकाहरूलाई भरखर पालुवा पलाएकाहरूले कसरी ताची गर्ने गर्न लाएका,कसरी नगर र होस् पु–र्याउनु पर्ने हो भन्ने कविताले निर्देशन दिन खोजेको कविताहरू, गजलहरूले चेतना मुलक साहित्यिक साहित्यिकहरूको वाचन कार्यक्रम सव्य र भव्य गरि कार्यक्रम सम्पन भएको छ। 
   साहित्यले मानिसलाई स्थिलतावाट गतिशिलतामा हरेक मानवलाई सक्रिए वनाई राख्ने माध्यम हुन् ।
त्यो कार्यक्रममा मैले वाचन गरेको कविता यस प्रकार छन् ।
  कविताः– भरखर पालुवा आएको 
     – कुमार लघु,भक्तपुर 
के भरखर पालुवा आएको 
देखि हाल्यौ
यिनीहरू कति नचाहिने गरि र
चाहिने गरि आएकाहरू 
देश जलाई 
अब देश वनाउँछु भनी
कमाण्डर बनेर 
जनताले चुनेका यिनीहरू 
कयौँले पाठ सिक्ने मात्र हुन्न् 
संसदमा ट्वाल टुल्ले कसले के बोले  
सिक्ने र सिकाउने हुन्
भरखर पालुवा आएका पातहरू 
केही झर्छन्
कोहि पाँच वर्ष बटुवा वन्ने हुन्
पहिलेका झै निदाउने हुन्न् 
कोहि बोल्लान्
कोहिले आगौका लागि कुर्लान सिक्लान ,
संसद के हो ,
पढेर भन्दा परेर सिक्लान 
यिनीहरूले नेपालको राजनीति हेर्छन् 
अलि राम्रो चम्किलो भएर हिड्ला
असिनाले झार्लान कुनै 
कुनै फेरि पलाउँलान्
कुनैलाई जनताले निमोठ्लान्
फेरि हुरी बतास आउला 
कहाँ कतै आँधिवेरीले उडाउला 
आगो लगाउने भ्रष्टहरू,
गुण्डाहरू ईट्टा ढुङ्गा हान्लान्
एमिसिसि र एसपिपी पास गर्ने हुन् !
हत्याराको वरपर घुम्नेहरू कि क्या,
चुरे पहाड आँखा लागेका हुन्न् कि 
विगत र अहिलेकोमा के फरक आउँला 
जनताले त चुनेका नै रहेछ 
खोइ जनताको काम गरे हुने हो ,
कोही जनता लुटेहरूछन् कि ! कसैलाई अड्डालतले सफाई दिएका ,
कोहि विदेशीसितको विवाहको  
तामझाम नै बढि क्या ?
कता लगेर जहाज दुर्घटना हुने हो,
यो कुन तरकारी,खिचडी हो,
फल पाक्छ, फल पाक्दैन् 
अनिश्चित गन्तव्य हिन यात्रा हो 
जहाजमा आगोको डर पो छ नि,
रूख बिरुवा,पालुवा जल्ने हो कि 
मनमा एमसिसि र एसपिपिको वुदाँ 
आँखा वरपर गोला वारूद फ्याँकेको 
भाडाका टटुहरू हुन् कि क्या हो
कताबाट नामै नसुनेकाको चालीस हजारले मत काट्यो 
कतैको ग्रेड डिजाईन त होईन् 
ठग,गुप्टचर र दलालहरूको
अटेस मटेस ह्वाटै आयो बहुमत 
के एमसिसि र एसपिपि पास गर्न ,
सिक्किम झै हुने पार्ने भयो !
यो छाटले है 
न कम्युनिष्ट र,न त काँग्रेस
देश हुटेला न देशभक्त 
सबैले सोच्ने बेला अहिले हो ! 
धमाधम खुलष्ट हुन्दै जाने छ 
यो कस्तो दल हो,
गाँसेगुसे एकै नासेका हुन् ।
२०८२÷१२÷०७

Comments

ताजा खबर