हारजीतको परिणाम


चैत ७, २०८२, शनिबार | साँझ ०५:०९ बजे | 110


हारजीतको परिणाम

विद्रोही आर.के.
कुनै उपचार छैन रे
फाटेको मन सिलाउने ।
कुनै मुल्यांकन छैन रे 
हारेको चुनाव जीताउने ।

पत्याउन सक्ने अवस्था छैन रे
चुनावको परिणाम आउने ।
उल्टाउन सक्ने शक्ति छैन रे
मत्स्यन्यायको परिणाम जलाउने । 

रोक्न सक्ने अवस्था छैन रे 
मुटुको धड्कन बढाउने । 
कुनै जादुको लठ्ठी छैन रे
सिद्धान्त विचार घोकाउने ।

विश्वस्त हुन सक्ने अवस्था छैन रे
अप्रत्याशित परिणाम आउने ।
जित्न सक्ने अवस्था छैन रे
हातको सफाइ विना प्रचार अभियान १५ दिने ।

भन्न सक्ने अवस्था छैन रे
एल्गोरिदमले प्रभाव पार्ने ।
थाहा हुन सक्ने अवस्था छैन रे
बाह्य शक्तिले सहयोग गर्ने ।

इमानदारीपूर्वक चुनाव हुन सक्ने अवस्था छैन रे
धाधलीपूर्वक भएको परिणाम स्विकार्नु पर्ने ।
कसैलाई थाहा छैन रे
हेर्दा सानो, परिणाम ठूलो आउने ।

जब तपाईंलाई थाहा हुन्छ ,
वा धाधली देख्नु हुन्छ
यसले जनताको मन फर्किन सक्छ ।

र यो चुनावी नाटक
सुनामीका नाममा बजाएका घन्टीहरु 
अवश्य खुल्ने छ 
पर्दा पछाडिका खेलाडीहरु ।

र तपाईं उभिरहनु हुनेछ
त्यो तपाईंको देश नहुन सक्छ 
लेन्दुप वा जेलेनस्की पदचापको
गीत गुन्जने छ ।

र तपाईं रिसाउनु हुनेछ 
किनकि देश विलयको गीत
कानमा गुन्जने छ
तर तपाईं चाहेर पनि 
कान बन्द गर्न सक्नु हुन्न ।

त्यसैले तपाईं 
त्यो मानिसलाई 
माया गरेर दिएको मत
रड्डीको टोकरीमा हुनेछ ।

यद्यपि तिनीहरूले तिमीलाई तोडेको मन
मुटुमा पारेको दरार
स्वाभिमानीमा अयोग्य बनाई
दासताबाट मुक्त हुन सक्ने छैन् ।

त्यसैले समय छन्दै विचार नपु¥याए 
यसको कुनै उपचार हुन्न ।
त्यसैले समय कति महत्त्वपूर्ण हुन्छ,
एक जुगमा एक चोटि उथलपुथल 
त्यति टाढा हुनन् ।

तर त्यतिन्जेल ,
आफ्नो मुटुलाई दरो पारी
सिद्धान्त र विचारले लेस गरी
आफ्नो मनलाई वर्ग संघर्षको 
कठोर यात्राको लागि तयार गर्नुछ 
सशस्त्र संघर्षको लागि तयार गर्नुछ ।

धन्यवाद ∕

Comments

ताजा खबर