भीम आदर्श को ६३ आैं वार्षिकोत्सब सम्पन्न


चैत ६, २०८२, शुक्रबार | राति ०७:०७ बजे | 180


भीम आदर्श को ६३ आैं वार्षिकोत्सब सम्पन्न

भक्तपुर, चैत ६ । भीम आदर्श आधारभूत विद्यालयले शुक्रबार ६३ आैं वार्षिकोत्सब समारोह सम्पन्न गरेको छ । भक्तपुर नगरपालिकाका उपप्रमुख रजनी जोशीले भक्तपुरलाई शैक्षिक केन्द्रको रूपमा अगाडि बढाउन विद्यार्थीहरूको क्षमता अभिवृद्धिको लागि अग्रजहरुले निःस्वार्थ सेवाको लागि सामुदायिक विद्यालय स्थापना गरेको बताउँदै ती सामुदायिक विद्यालयको उत्थानका लागि नगरपालिकाले शिक्षक सहित अन्य आवश्यक सहयोग गर्ने विश्वास दिलाउनुभयो । उहाँले एक्काइसौं शताब्दी अनुसार विद्यार्थीहरूलाई परम्परागत शैली परिवर्तनसहित नाचगान, खेलकुद गतिविधिको सिकाईको लागि शिक्षक अग्रसर हुनुपर्ने बताउँदै भक्तपुरको एक विद्यालय एक सम्पदा सरसफाइ र संरक्षणको अभियानले विद्यार्थीलाई सामाजिक उत्तरदायित्व बहन गर्न सिकाउने बताउनुभयो । उहाँले मोबाइल अत्यधिक प्रयोगबाट आमाबाबुप्रति मायाप्रेम सद्भाव बालबालिकामा हराउँदै गएकाले सचेत हुनुपर्ने बताउँदै सिकाईलाई परीक्षामुखी भन्दा व्यवहारिक बनाउन जोड दिनुभयो । कार्यक्रमका सभापति तथा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष जितेन्द्र खायमलीले भविष्यका कर्णधार निर्माणको क्रममा भक्तपुरलाई ज्ञानविज्ञान केन्द्र बनाउने अभियानमा विद्यार्थीलाई व्यवहारिक शिक्षा दिन विद्यालय परिवार अग्रसर रहेको बताउनुभयो । विद्यालय व्यवस्थापन समिति सदस्य तथा भक्तपुर नगरपालिका वडा नं ८ का कृष्णप्रसाद कोजू वडाध्यक्षले अहिलेको समयमा सिकाई सहज भए तापनि दैनिक रूपमा निस्कने फोहोरको व्यवहारिक व्यवस्थापन गर्न सिकाउन जरुरी रहेको बताउँदै विद्यार्थीको सिकाईलाई व्यवहारिकतामा रुपान्तरण गर्न जोड दिनुभयो । आधारभूत विद्यालय समिति भक्तपुरका उपाध्यक्ष तथा ब्रम्हायणी आविका प्रअ तीर्थलक्ष्मी धन्छाले समाज राष्ट्रको प्रगतिको लागि शिक्षक, अभिभावक, विद्यार्थी तथा सम्बन्धित निकायले आआफ्नो जिम्मेवारी र कर्तव्य गर्नुपर्ने बताउँदै सामुदायिक विद्यालयको विकासका लागि जागिरे मानसिक त्यागी अतिरिक्त समयसँगै लगनशील र मिहिनेती शिक्षक बन्नुपर्ने बताउनुभयो । विद्यालयका पूर्व प्रअ नहकुल प्रजापतिले विद्यालयको स्थानान्तरण तथा ऐतिहासिक सहयोगको बारे बताउनुभयो । पूर्व प्रअ तथा दोलागिरी माविका प्रअ शिवबहादुर खुलीमुलीले विद्यार्थीकाे राम्रो सिकाईलाई व्यवहारिक बनाउने वातावरण अभिभावक र शिक्षक दुवैले आआफ्नो महत्त्वपूर्ण भूमिका निर्वाह गर्नुपर्ने बताउनुभयो । पूर्व प्रअ तथा सन्तति आविका प्रअ दीपक माकले विद्यालयको सीमित स्रोत साधनबाट विद्यार्थीको चाैतर्फी विकास र उपलब्धिलाई संस्थागत गर्न सामुदायिक विद्यालयहरू लागिपरेको बताउनुभयो । विद्यालयका प्रअ पूजा दाहालले ज्ञानविज्ञानसँगै व्यक्तिलाई आत्मसम्मान, स्वाभिमानी तथा नैतिकवान बन्न शिक्षाले महत्त्वपूर्ण भूमिका खेल्ने बताउँदै विद्यालयको प्रगति विवरण प्रस्तुत गर्नुभयो । विद्यालयको वार्षिक परीक्षामा उत्कृष्ट विद्यार्थी, विभिन्न अतिरिक्त क्रियाकलापमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार, मेडल तथा प्रमाणपत्रले सम्मान गरिएको उक्त कार्यक्रममा विद्यार्थीद्वय दीपशिखा तामाङ र दिपान्सु गुप्ता तथा अभिभावक सीता लामाले समेत बोलेका थिए । कार्यक्रमको बीचबीचमा विद्यार्थीहरूले आफ्नो सांस्कृतिक प्रस्तुति दिएका थिए ।

फाेटाेमा हेर्नुहाेस्...

भीम आदर्श को ६३ आैं वार्षिकोत्सब सम्पन्न
भीम आदर्श को ६३ आैं वार्षिकोत्सब सम्पन्न

Comments

ताजा खबर