उकाली–ओराली
चैत ६, २०८२, शुक्रबार | दिउँसो ०३:३३ बजे | 245
डा इन्दुल केसी
वामपन्थीहरु वैचारिक विखण्डनमा
दक्षिणपन्थीहरु दिशाहिन उलझनमा
कोहि यता कोहि उता आ–आफ्नै झुण्डमा
भन तिमी, यिनीहरु उकालिमा कि ओरालीमा ?
प्रचण्डे ५ हजार मानिस मारेको स्वीकारोक्तीमा
गनगने थापा हारपछि आफ्नो पदै राजीनामामा
कस्ता–कस्ता देखावति नैतिकतामा
भन तिमी, यिनीहरु उकालिमा कि ओरालीमा ?
युवा युवती नयाँ पुस्ता जेनजी आन्दोलनमा
कार्यालय भवनहरुमा कोही आगो लगाउनुमा
पुरानो जीर्ण संरचनाहरु ध्वस्त पार्नमा
भन तिमी, यिनीहरु उकालिमा कि ओरालीमा ?
मन्दिरहरुमा र पूजाकोठीहरुमा
बजाउन थाल्यो घण्टी घर–घरमा
रोग र भोगले सताएकाहरु सडकमा
भन तिमी, यिनीहरु उकालिमा कि ओरालीमा ?
तीन वर्षको नौलो तपस्यामा
कस्तो लोकतान्त्रिक व्यवस्था ल्याउनमा ?
बालेन–लामिछाने समूह पुग्न थाले सरकारमा
अब सबैले भन्न थाले उनीहरु उकालीमा ।
००० २०८२÷१२÷६ गते
