विनायकमा परम्परागत भेषभूषा तथा प्रतिभा प्रदर्शन
चैत ४, २०८२, बुधबार | राति ०९:०७ बजे | 305
मध्यपुर ठिमी भक्तपुर
परम्परागत भेषभुषा र संस्कृति: हाम्रा सम्पत्ति भन्ने सत्यलाई वास्तविकतामा उतार्न लागि परिरहेको मध्यपुर ठिमीको उत्कृष्ट विद्यालय विनायक शिक्षा निकेतन इङ्लिस स्कुलमा यही २०८२ चैत्र ४ गते परम्परागत भेषभुषा प्रदर्शन तथा पुरस्कार वितरण कार्यक्रमको आयोजना गरियो। विद्यालय व्यवस्थापन समितिका अध्यक्ष गणेशराम लाछीको सभापतित्व तथा मध्यपुर ठिमी नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष ज्ञानदास प्रजापतिको प्रमुख अतिथ्यतामा पूर्व प्राथमिक तहका शिक्षिकाहरूको संयोजनमा पूर्व प्राथमिक तहकै विद्यार्थीहरू उक्त कार्यक्रममा सहभागी भएका थिए ।उक्त कार्यक्रममा विद्यालयका प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापति, सहायक प्रिन्सिपल प्रेमप्रसाद निरौला,अभिभावक डाक्टर दिनेश प्रजापति, महेश प्रजापति तथा विशेष अतिथि काठमाडौँ विश्वविद्यालयका शिक्षाविद राजेन्द्र दाहाल वक्ताको रुपमा रहनुभएको थियो। विद्यालयकी पूर्व प्रा वि इन्चार्ज शोभा प्रजापतिले स्वागत मन्तव्य राख्नुभएको र पूर्व प्रा वि संयोजक पदमकेशरी श्रेष्ठले सञ्चालन गर्नुभएको उक्त कार्यक्रमको मुख्य उद्देश्य बाल्यकालदेखि नै बालबालिकाहरूलाई आफ्नो मौलिक भेषभूषा पहिरनबारे जानकारी गराउनु र आफ्नो सांस्कृतिक पहिचान बचाउन सहयोग होस् भन्ने रहेको थियो ।कार्यक्रममा बोल्दै विद्यालयका संस्थापक प्रिन्सिपल सुरेन्द्रविक्रम प्रजापतिले आजका विद्यार्थीलाई गुणस्तरीय शिक्षाका साथसाथै नैतिकवान, चरित्रवान बनाउन र संस्कारयुक्त जीवनशैली अवलम्बन गर्दै हाम्रा परम्परा भेषभूषा र संस्कृतिले महत्वपूर्ण भूमिका खेल्ने भएकाले हाम्रा ज्ञान, मान, गौरव अनि पहिचानका रुपमा रहेका यी सांस्कृतिक धरोहरहरुलाई हराएर जान नदिन विद्यालयले दशकौंदेखि यी यस्ता कार्यक्रम गर्दै आएको कुरा बताउनुभयो। प्रतियोगितात्मक रुपमा रहेको र निर्णायकहरू अनु खड्का र आयुष्मा खड्काको मूल्याङ्कनमा आयोजित उक्त कार्यक्रममा विद्यार्थीहरुले उत्कृष्ट सांस्कृतिक कार्यक्रम समेत पस्किएका थिए भने खेलकुद ,अतिरिक्त क्रियाकलाप तथा वार्षिक क्रियाकलापमा उत्कृष्ट विद्यार्थीहरुलाई मेडल र प्रमाणपत्र समेत प्रदान गरिएको थियो।
फाेटाेमा हेर्नुहाेस्...
