परिवर्तनको निम्ति भक्तपुरका अग्रजहरुको योगदान सदा स्मरणीय रहने


चैत १, २०८२, आइतबार | राति ०७:४१ बजे | 365


परिवर्तनको निम्ति भक्तपुरका अग्रजहरुको योगदान सदा स्मरणीय रहने

भक्तपुर । भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले शैक्षिक क्षेत्रको विकास विना कुनै पनि समाजको प्रगति सम्भव नभएको बताउँदै शिक्षाको गुणात्मक विकासको लागि विद्यालयको भौतिक पूर्वाधारको विकास, अनुभवी शिक्षक, अनुशासित विद्यार्थी र सहयोगी अभिभावकको खाँचो रहेको औंल्याउनुभयो ।

हिमालयन ग्लोरी इङ्गलिश स्कूलको आयोजनामा भएको अभिभावक दिवस, विद्यार्थी—शिक्षक सम्मान, पुरस्कार वितरण समारोह तथा सांस्कृतिक कार्यक्रममा बोल्दै उहाँले समाज परिवर्तनको निम्ति भक्तपुरका अग्रजहरुको योगदान सदा स्मरणीय रहने बताउँदै भक्तपुर नपाले विद्यार्थीको पठन संस्कृति विकासको लागि स्तरीय जनज्योति पुस्तकालय स ञ्चालनमा ल्याएको बताउनुभयो ।

‘समान शिक्षा र समान व्यवहार’ आजको आवश्यकता हो भन्दै प्रमुख प्रजापतिले नयाँ पुस्तालाई प्रतिस्पर्धी भावनाको विकास गराई देश निर्माणमा सहभागी गराउनुपर्ने बताउनुभयो ।

भक्तपुरका सामुदायिक र निजी विद्यालयहरुले गुणस्तरीय शिक्षामा प्रतिस्पर्धा गरिरहेको बताउँदै उहाँले शैक्षिक क्षेत्रमा बन्द र हड्ताल हुनु भनेको ‘बुद्धिमा बिर्को लगाउनु’ जस्तै हो भन्नुभयो ।

विद्यालयका प्रिन्सिपल कृष्णराम त्वानाबासुले विद्यालयको प्रमुख उद्देश्य दक्ष जनशक्ति उत्पादन गरी विद्यार्थीलाई नैतिकता, अनुशासन र समय सापेक्ष सीप प्रदानमा विद्यालयले जोड दिँदै आएको बताउनुभयो ।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य रविन्द्र खर्बुजाले भक्तपुरले शिक्षा क्षेत्रमा गरेको लगानीको प्रतिफल समाज विकासमा देखिन थालेको बताउँदै नगरपालिकाद्वारा सञ्चालित कलेजहरुले देशभरिकै विद्यार्थीलाई सस्तोमा गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको बताउनुभयो ।

पुँजीवादी व्यवस्थाले बहुमत जनताको हितमा काम नगर्ने बताउँदै उहाँले समाजवादी व्यवस्थाले मात्रै जनताको समस्या समाधान गर्ने बताउनुभयो ।

कार्यक्रममा इसानका केन्द्रीय अध्यक्ष प्रेमजन थापाले पठन संस्कृति विद्यार्थी, शिक्षक र अभिभावकमा हुनुपर्ने महत्वपूर्ण गुण हो र यसले पेशागत र व्यवहारिक जीवनमा सकारात्मक भूमिका खेल्ने बताउनुभयो ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष आशराम वैद्यको सभापतित्वमा उक्त कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा प्रमुख अतिथि प्रजापतिले एसईई उत्तीर्ण विद्यार्थी र लामो समय विद्यालयमा कार्यरत शिक्षकहरुलाई मायाको चिनो र प्रशंसापत्र वितरण गर्नुभयो ।

फाेटाेमा हेर्नुहाेस्...

परिवर्तनको निम्ति भक्तपुरका अग्रजहरुको योगदान सदा स्मरणीय रहने
परिवर्तनको निम्ति भक्तपुरका अग्रजहरुको योगदान सदा स्मरणीय रहने

Comments

ताजा खबर